Skip to content


हिमाल तराईका
पहाड फेदीका
यी हाम्रा अमूल्य
सम्पत्ति
महल मकान
सालिक स्तम्भ
इतिहास बोकेर
हेर्दैछन्
मन्दिर गुम्बाले
पाटी र पौवाले
रोएर बिलौना
गर्दैछन्
हामीलाई नतोड
हामीलाई नफोड
भनेर बिन्ती
गर्दैछन्
हजारौँ थरीका
शान्ति देश भरिका
मिलेर बाँचौन
भन्दैछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *