मनमा सधैं आँधी तुफान बितेको पाल पनि
बिग्रने नै भयो हजुर छैसट्ठी यो साल पनि
भन्छन् सबै नयाँ सालले बिहानी नयाँ ल्याउछ
बेखबर नै छ हजुर मेरो त हाल पनि
भत्किरन्छ सधैं सधैं आफ्नै मनको बिचारहरु
गनिसाध्ये छैन हजुर बिनाशको छाल पनि
जताततै पिर हजुर मन बुझाउने ठाउँ छैन
सहिरहनु परेको छ बिना दोशको गाल पनि
आफ्नै मन थिर छैन कदम कदम डर त्रास
घुमिरा’छ जस्तो लाग्छ आफ्नै नजिक काल पनि
निर्मला थापा,

Ha ha ha
Ha ha ha ,,,,,,,,,,,,,,,,,
आफ्नै मन थिर छैन कदम कदम डर त्रास
घुमिरा’छ जस्तो लाग्छ आफ्नै नजिक काल पनि
kaslaai ke thaha hun6 ra?
Ramro Rachana…….
Manoj
Nirmala
Nirmala ji…………….
आफ्नै मन थिर छैन कदम कदम डर त्रास
घुमिरा’छ जस्तो लाग्छ आफ्नै नजिक काल पनि
sachai nai kaslai k thaha chha ra kal ko barema hoina ra??
Ramro lagyo
nirmila ji kall le ta kasli
nirmila ji kall le ta kasli po kurchaa ra
भत्किरन्छ सधैं सधैं आफ्नै
भत्किरन्छ सधैं सधैं आफ्नै मनको बिचारहरु
गनिसाध्ये छैन हजुर बिनाशको छाल पनि
यो शेर चाँही बिशेष मन पर्यो , यात्रा नरोकियोस…