नपाउनु नै थियो भने किन जुटाइ दियौ दैब
लुकी छिपी लाको माया किन छुटाइ दियौ दैब
क्यस्त अन्जानी मै उनी कता म कता
हामी दुई बिच को नाता किन खुटाइ दियौ दैब
नपिउनु नजिउनु हरायको मान्छे म त
उनिभेट गराइ शेस किन लुटाइदियौ दैब
सकियका आशाहरु थिचियका बेदनामा
फेरी जमघट बनाइ मन किन फुटाइदियौ दैब
एकान्तमा बसी रुनु रीत भाईसक्यो मेरो
टुक्रिएको मुटु फेरी किन टुटाइ दियौ दैब
नपाउनु नै थियो भने किन जुटाइ दियौ दैब

really nice…….
Dukhi Ram
really nice…….
Dukhi Ram Raute