Skip to content


झरेर फुलेको छहराको पानी
पढेर भुलेको म एउटा कहानी

सहरतिर नौलो माया भेटिएर हो कि कुन्नि
रोदीघरमा लाको माया मेटिएर हो कि कुन्नि
हिजोआज चिठीपत्र आएको नि छैन
घरको पनि भइन म त घाटको पनि भइन
म दुखेको मान्छे म लुकेको खानी
पढेर भुलेको म एउटा कहानी

तनै टाढा भयो क्यारे मनै टाढा भयो क्यारे
नफर्कने बाटो गरी धेरै टाढा गयो क्यारे
पारी कतै आकाशमा एउटा तारा खस्यो
त्यही तारासित आज मेरो सारा कस्यो
भयो भो नसम्झ गयो जिन्दगानी
पढेर भुलेको म एउटा कहानी

शब्द: क्षेत्रप्रताप अधिकारी
स्वर: कुन्ती मोक्तान
संगीत: शीलाबहादुर मोक्तान
एल्बम: चोली राम्रो

Leave a Reply

Your email address will not be published. Required fields are marked *