प्यूदै नप्यूने मान्छे पिएं अलिकति
उनको बचन राख्न लिएं अलिकति
गल्ति भएको होला मलाई माफ गर्नु
हिजो बेहोसीमा थिएं अलिकति
जोसंग सोधे पनि गार्हो छ ज्यून भन्छन्
त्यो हो कि होईन जांच्न जिएं अलिकति
मायाको खडेरीले चिरा परेको छाती
फुर्सद मिलेको बेला सिएं अलिकति
हो तिम्रो मर्जी चाहे माया गर कि हेला
दिनुथ्यो मौक मैले दिएं अलिकति
