के टुङ्गो र मर्ने दिनको हाँसेरै बाँचौ साथी
सबैसँग आत्मियता गाँसेरै बाँचौ साथी
आयौं रित्तै जान्छौँ रित्तै मरिलाने होइन केही
लोभ-लालच्, रिस-द्वेष मासेरै बाँचौ साथी
त्यागौं युद्ध जित हारको मर्ने मार्ने अरुलाई
कुभलोको बीजहरू मासेरै बाँचौ साथी
दुई दिनको जिन्दगानी सबैको भलो ठानौँ
सद्भावको प्रित सधैं टाँसेरै बाँचौ साथी
निर्मला थापा,

निर्मला जि !
तपाईंको जस्तो
निर्मला जि !
तपाईंको जस्तो सुन्दर मन सबैको भै दिए यो संसार कति रमाइलो हुन्थ्यो? सुन्दर भाबको सृजना !!!
वा! निमर्लजी साच्चिकै तपाईंको
वा! निमर्लजी साच्चिकै तपाईंको मन र कबिता को मिलन कत्तिको छ थाहा छैन तर कबिता मा प्रकट भावनाको कदर गर्दछु र कामना गर्दछु कि सबै नेपालीको मन र मस्तिस्क तपाईं ले
भनेको जस्तो होस्
देवराज laमिछाने
अष्ट्रेलिया
Chandra ji,
Pratikriyako lagi
Chandra ji,
Pratikriyako lagi dherai dherai dhanyabad.
Nirmala
निर्मला जि तपाईंको बिषयचयन
निर्मला जि तपाईंको बिषयचयन सधैं उत्कृष्ट रहन्छ छ यो गजल मा पनि त्यो पाये तर काफियाहरु दोहोरिनाले अलिकती मिठासमा कमी आए जस्तो लाग्यो।
अनुभब जि,
गजलको सैदान्तिक
अनुभब जि,
गजलको सैदान्तिक पक्षको बारेमा अरु धेरै साथी हरुलाई कमेन्ट गर्न त पछि परिन तर तपाईंले लेखेपछि थाहा भयो कि गल्ती हामी सबै बाट हुन्छ।
हो, बास्तबमा गजलमा काफिया दोहोरिनुलाई राम्रो मानिदैन, तर भाब तिर केन्द्रीत् हुन खोज्दा काफीया दोहोरिएको पत्तै भएन।
आउँदा दिन्हरुमा यो पक्ष लाई बिशेष ध्यान दिईनेछ ।
धन्यवाद यँहाको अमुल्य सुझाबको लागि ।
सल्लाह, सुझाब र प्रतिकृयाको सदैब अपेक्षा गर्दछु।
निर्मला थापा,
Ha ha h ha ha
तर भाब तिर
Ha ha h ha ha
तर भाब तिर केन्द्रीत् हुन खोज्दा काफीया दोहोरिएको पत्तै भएन।