Skip to content

यो प्रेम गर्दा मर्नु रहेछ चितामा म ढलिरहेछु
बाँच्नुको अर्थ जल्नु रहेछ यसैले म जलिरहेछु

नदिनु चोखो मुटु कसैले चिरेर जलाई दिन्छन्
हेरत आज यहि मायामा जिउँदै म बलिरहेछु
बाँच्नुको अर्थ जल्नु रहेछ यसैले म जलिरहेछु

नसोध कोही प्रेम मलाई चोटै चोटले लडेकोछु
त्यहि चोटले उठ्न नसकी हेर त म गलिरहेछु
बाँच्नुको अर्थ जल्नु रहेछ यसैले म जलिरहेछु

मेरा हज्जार पिडा बिचमा उठेर म बाँच्न खोज्दा
रेटेर उनले चुलेसीमा छटपर्टाई चलिरहेछु
बाँच्नुको अर्थ जल्नु रहेछ यसैले म जलिरहेछु
यो प्रेम गर्दा मर्नु रहेछ चितामा म ढलिरहेछु
बाँच्नुको अर्थ जल्नु रहेछ यसैले म जलिरहेछु

5 thoughts on “म जलिरहेछु”

  1. कति राम्रो हो के मन परयो

    कति राम्रो हो के मन परयो
    हरेक शेर

    यो प्रेम गर्दा मर्नु रहेछ चितामा म ढलिरहेछु
    बाँच्नुको अर्थ जल्नु रहेछ यसैले म जलिरहेछु

  2. मेरा हज्जार पिडा बिचमा उठेर म
    मेरा हज्जार पिडा बिचमा उठेर म बाँच्न खोज्दा
    रेटेर उनले चुलेसीमा छटपर्टाई चलिरहेछु..
    this line is very powerful ….it making more volume in ur gazal

Leave a Reply

Your email address will not be published. Required fields are marked *