साझ अबेर बितिसकेको छ । पिनाज मसानी र अविदा परविन सुनिरहेको छु । र, तिम्रो झझल्को आखामा टासिएको छ ।
सहरको लामो सडक त्यसैगरी तन्किरहेको छ । तर, गाउमा काटिएको झोलुङ्गे पुल बनाइएको छैन । सहरका पुलहरू पनि मक्किसकेका छन् । भाच्चिने सम्भावना धेरै छ । सहर कोलाहलमय छ र निर्जन छ । चिनिएका अनुहार कोही छैनन् । सबैमा तिम्रो अनुहार ठम्याउन खोज्छु । पाउदिन । सडकछेउका खिरिला रूखका मसिना झिक्रामा बेतोडले कुद्ने गाडीको धूवाको कालो पोतिएको छ र ती निहुरिएका छन् सडकमा र्झन । म पनि त निहुरिएको छु अब † सीधा छैन म यहा“ ।
यहा जुनेली रातमा टल्किने पातहरू छैनन् । साझ अबेरसम्म सहर, मन्दिर, देवल र कुइनेटाहरू घुमिरहेको हुन्छु । अह, केही छैन सभ्यताको चिनो । मन्दिर, देवल र सहरमा लागेका पुराना पत्रहरू पनि खुइलि“दै गएको देख्छु । मान्छेभित्र समवेदना पनि यसैगरी खुइलिदै गएको छ । तर, मान्छेका नया नया आकाङ्क्षाहरू पलाइरहेका छन् ।
सहरका अग्ला घरहरूमा फेरि ढ्रि्रीकै उज्यालो छाइरहेको छ । सबैतिर अध्यारो छ र सबै अध्यारोमै बस्छन् भन्ने जनाउन अ“ध्यारो सहरमा पसिरहेको छ । बिजुली बलुन्जेल अ“ध्यारो र उज्यालो छुट्याउनै सक्दिन । अहिले बल्ल अ“ध्यारो कोठामा पस्छ र अ“ध्यारो भएछ भन्ने जान्दछु ।
हिजै मात्रै ढ्रि्रीको उज्यालोमा लेखिएको तिम्रो ध्वा“से प्रेमपत्र फेरि पढेपछि जीवन बोध गरे । यहा त सभ्यता सभ्यताजस्तो छैन । जीवन जीवनजस्तो छैन । ठमठम हि“डिरहेका यी सबै मान्छे मान्छेजस्ता छैनन् । मात्रै मान्छे हुनुको एकएकवटा आकृति र एकएकवटा मन बोकेर हि“डेका छन् ।
सा“झ ढिलो घर आएको छु । दुनिया“ निदाउने तर्खर गर्दै होला । उनीहरूस“ग आफ्नो भन्ने त्यत्ति मात्रै त हो । ननिदाएर के गर्नू – मैले पनि निदाउनु छ । जूनको उज्यालो पनि बादलले छेकेर धमिलो पारेको छ । उहिल्यै कहिले तिमीले दिएको फूलको गन्ध सम्भिmरहेको छु ।
मेरो म्यादी जागिर भर्खरै सकिएको छ । र, म फेरि बेरोजगार भएको छु ।
१ वैशाख २०६५
मेरो प्रिय मान्छे !
आज सहर घुमे । भोटाहिटी आइपुगेको छु । किताब पसलहरू चहार्छर्ुु अरू पसल पनि छन् । डिपार्टमेन्टल स्टोर छ । एउटा पुस्तक पसलको छेउपट्ट िकुनामा हतियार पसल रहेछ । पसले भन्थ्यो हतियार नक्कली हो । बालबालिकाका लागि खेलौना मात्रै । हतियार पनि खेलौना भएको छ † सायद सक्कली पनि पाइ“दो हो कि यहा“ हतियार † केही दिनअघि यही चोकमा बम पड्किएको सम्भिmन्छु । हतियार देखेर आङ सिरिङ्ग हुन्छ । नक्कली भने पनि सक्कली नै ठान्छु । पुस्तक पसलमै छु र हातमा कार्नेसन फूलबारे लेखिएको पुस्तक छ ।
कार्नेसन फूलको इतिहास पढ्छु ः ‘ग्रीक राजकुमारी डायना भेडा गोठालोलाई भित्रभित्रै मन पराउ“थिन् । मन पराएको भावना उनले पटकपटक भेडा गोठालोस“ग पनि पोखिन् । तर, भेडा गोठालोले ती सबै केही नबुझेजस्तो गरिदियो । पटक-पटक उनले आफ्नो कुरा भेडा गोठालोलाई भन्न खोजिन् तर पनि उसले त्यो प्रेमको कुरा बुझेन वा नबुझेजस्तो गरिदियो । त्यसैले राजकुमारी ऊस“ग रिसाउ“थिन् । एकदिन राजकुमारीले रिसको झो“कमा त्यो गोठालोको दुवै आ“खा निकालेर सकेसम्म टाढा फालिदिइन् ।
केही समयपछि गोठालोको आ“खा झरेको ठाउ“मा दर्ुइवटा झार उम्रिए । विस्तारै त्यो झारमा दर्ुइ रङका फूल फुले । तिनै फूलको नाम पछि कार्नेसन भयो ।
राजकुमारीले ती फूलहरू कोठामा ल्याइन् । धेरै बेर रोइन् र पटक-पटक ती फूल चुमिरहिन् । राजकुमारीले कार्नेसनलाई आफ्नो कोठाको सिरानपट्ट िराखिन्, जहा“ झ्याल थियो । र, त्यस फूलमा राजकुमारी आफ“ै पानी हाल्थिन् ।’ पढेपछि राजकुमारी, भेडा गोठालो र कार्नेसन सबैमा एकपटक छुट्टाछुट्टै छिरेर तिनका भिन्दाभिन्दै पीडा अनुभव गर्ने इच्छा लाग्छ ।
हतियारको इतिहास मैले खोजिन“ । निर्ममता देखाउ“दा पनि फूल फुल्ने प्रेमको र्समर्पणजस्तो पक्कै हु“दैन हतियारको इतिहास, ठान्छु । मैले कार्नेसन फूल सम्भिmए“ । ती राजकुमारी सम्भिmए“ । तिमीलाई एउटा राम्रो कथासङ्ग्रह पठाउ“m सोच्दैछु । पुस्तक पसलमा अड्किएको आ“खा आमास“ग झगडा गर्दै गरेको एउटा बालकमा पर्यो । आमाचाहि“लाई देख्दा मलाई फेरि तिम्रो झझल्को आयो ।
बालकको माग छ, “मलाई बन्दुक नै चाहिन्छ ।”
आमा भन्दैछे, “साना केटाकेटीका लागि यो ठूलो वर्ण्र्ााला राम्रो छ ।”
त्यो ख्याउटे बन्दुक व्यापारी आमाछोरा दुवैलाई एकटकले हेरिरहेको छ । बन्दुक सिसामा सजाएर राखिएको छ । जति नै सजाएर राखे पनि र जति नै सुन्दर देखिए पनि बन्दुक कार्नेसनजस्तो फूल हुन सक्दैन । कार्नेसन प्रेमले फुलेको छ, त्यहा जीवनको नया सिर्जना छ । त्यसमा प्रेम भरिएको छ । नक्कली भए पनि सक्कली भए पनि बन्दुकमा प्रेम हु“दैन । बन्दुक जीवनविरुद्ध हो । तर, छोरो जीवनविरुद्ध जान खोजिरहेको छ ।
“मलाई बन्दुक नै चाहिन्छ,” छोरो जिद्दी गरिरहेको छ ।
आमा बन्दुक देखेर तर्सिएकी छ । ऊ कलम देखाउ“छे । कलममा सिर्जनाको मसी छ भन्ने उसलाई थाहा छ । हजारौ“ बन्दुकविरुद्ध एउटा कलम जान सक्छ भन्ने ऊ ठान्छे । तर, छोरो बन्दुक नै देखाउ“छ । बन्दुक नकिनिदिए ऊ जबरजस्ती त्यो बन्दुक थुतेर आमालाई हान्न तयार हुन्छ । आमा हार्छर्ेे छोरो हातभरिको बन्दुक लिएर आमाको पछि लाग्छ ।
अर्को अधबै“से पनि बन्दुक हर्ेर्दैछ । सोच्दैहोला, “एकै ड्याममा यसले कति जनालाई सिध्याउन सकिएला -”
“सक्कली बन्दुकले त सिध्याइहाल्छ नि, कति सिध्याउ“छ, सिध्याउ“छ,” पसले भन्छ, “एके-४७, एसएमजी, एलएमजी, इन्सास वा चाइनिज पेस्तोलले हानेपछि त पुक्लुक्कै । यस्ता हतियारले देशमा कति मरे तपाईंले पढ्नुभएको छैन कि के -”
पसलेले गाह्रो नमानी भन्यो ।
मान्छे सजिलै आफ्नो अन्त्य चाह“दैन । भयमा डराउ“छ तर आफै“ भय सिर्जना गरेर मान्छेका विरुद्ध लाग्छ । अरूका विरुद्ध लागेको ठान्दै सधै“ आफ्नैविरुद्ध लागिरहेको हुन्छ । अरूको अन्त्य गरेको ठान्दै आफ्नै अन्त्यको सुरुवात गरिरहेको छ । तीखो छुरी बनाउ“छ र कमलो मुटुमा घोच्छ । मिसाइल बनाउ“छ र पड्काउ“छ । धर्ती चिराचिरा हुने गरी थर्काएर एकछिन रमाउ“छ । घाइते बनाउ“छ । रगतपच्छे भएको हर्ेछ र आनन्द मान्छ । आफ्नो मुटु आफै“ दुखाउ“छ, मान्छे ।
र, मान्छे आफ्नो सन्ततिलाई क्रुरताको नजिक लगिरहेको छ । सोच्छु, यो पुस्तक पसल र यो बन्दुक पसल कसरी स“गै भए – कसरी सम्भव भयो सिर्जना र सिर्जनाविरुद्धको मिलन एकै ठाउ“मा –
यदि त्यो बालक तिम्रो छोरो भइदिएको भए – यदि त्यो बन्दुक सक्कली भइदिएको भए – र, त्यो बालकले तिमीमा बन्दुकको परीक्षण गरेको भए -… कहालिन्छु । डर भरिएर आउ“छ मुटु, मन र फेक्सोभरि अटेसमटेस भएर । फेरि पुस्तकतिरै फर्किन्छु । बन्दुकको भयले छोड्दैन । तिम्रो झझल्कोले छोड्दैन । फूलको इतिहासको पन्ना बन्द गरेर पुस्तक फिर्ता दिन्छु । फेरि रित्तो फर्किन्छु ।
– उही तिम्रो
-म दुःख मात्र अनुभव गर्छर्ुु दुःखका कुरा मात्र सम्भिmन्छु । हुलाक घर गएर पोस्टबक्स खोले“ । तिम्रो पत्र थिएन । विस्तारै पत्र-मञ्जुषाहरू खिया लाग्दै गरेको देख्छु । मान्छेको चाप कम हु“दै गएको छ हुलाकमा । पुलिन्दा बोकेर हि“ड्नेहरूको लस्कर पनि कम छ हुलाकमा । सबै साइबर जा“दा हुन्, सबै च्याटमा रमाउ“दा हुन्, लाग्छ । तर, कहिलेसम्म विज्ञानको पछि पछि – खोइ त्यहा“ हार्दिकता – खाइ प्रेमले चुम्ने हस्ताक्षर – म तिम्रो सुन्दर हस्ताक्षर सम्भिmन्छु ।
हुलाक घरअघि पानी जमेको छ । नीलो पानी † चिट्ठीमा लेखिएको नीलो मसीजस्तै । मानौ“ त्यो पानी होइन, दुःखी मान्छेका आ“सुले भरिएको दह हो । म यस्तो ठान्छु । त्यहा“ छायाहरू देखिन्छ । तिम्रो छाया खोज्छु । फेरि तिम्रो झझल्को आउ“छ ।
चिट्ठीमा खसम खोजिरहेकाहरू छन्, तिम्रो झझल्को आउ“छ । चिट्ठीमा प्रेमी र उसको मायालु र्स्पर्श खोजिरहेकाहरू छन् उता छेउमा, तिम्रो झझल्को आउ“छ । गुलाबी गालाबाट आ“सु चुहाउने र गह थुनेरै जानेहरू पनि छन्, तिम्रो झझल्को आउ“छ । एक छेउबाट सबै हेरिरहेको छु यायावरजस्तै, तिम्रो झझल्कोलाई ।
सबै हर्ेर्छर्ुुपर्खिन्छु । सबैले पर्खिएरै जीवन बिताइरहेका रहेछन् भन्ने ठान्छु । मलाई पनि त हतार छैन । हर्ेर्नुछ । आफै“लाई छलेर पर्खिनुछ । र, आफै“लाई बिर्सिएर पनि । मनमा तरङ्ग उठेको छ ।
मेरो म्यादी जागिर सकिएको छ । र, म एउटा जागिरको खोजीमा छु ।
२ वैशाख २०६५
मेरो प्रिय मान्छे !
पशुपतिमा छु । पारिपट्टि। घन्ट बज्छन्, शङ्ख बज्छन् । बैराग लाग्दो धुन । मान्छे पोलिएको छ । जीवन यत्ति हो ठान्छु । तेरोमेरो कति कलह गर्नु – धूवा“ बटारिएर गएको छ, आकाशतिर र नदेखिने गरी बिलाएको छ । जिन्दगी जम्मामा धूवा“ रहेछ । केही घिउ, पराल र थोरै दाउरा स“गै आउने धूवा“ ।
किरा“तेश्वरमा पस्छु । गुह्येश्वरीमा छिर्छर्ुु श्लेशमान्तक घुम्छु । मात्रै धूवा“ देख्छु । केस्रा परेर बटारिएर आकाशतिर गएको धूवा“ । के यति मात्रै हो त जीवन – यति मात्रै हो भने किन हतियार बनाइरहेछौ“ मार्नलाई – यति मात्रै हो भने किन बिर्सिरहेछौ“ एकअर्कालाई – द्वेष, घृणा, कलह, युद्धमा किन फसिरहेछौ“ –
हाम्रो सभ्यता र संस्कार किन भुलिरहेछौ“ – आखिर धूवा“ त रहेछ जीवन ।
छेवैको जोगी भन्छ, “देओ बाबु भगवान् के नाम पे -”
“खोइ कता छ भगवान् -” केही उरन्ठ्यौला केटाहरू सोध्छन् । हा“स्छन् पनि ।
“ऊ धूवामा,” जोगी रिसाएको छैन । र, सजिलै बताइरहेछ ऊ अन्तिम सत्य ।
यी सबै आफ्नै आखाले अनुभव गरेपछि लाग्छ कोही पर छैन । हामी जोडिएका छौ“ एकअर्कामा । यदि यस धर्तीलाई छोएका छौ भने हामी सबै एकै ठाउ“ छौ“ । मात्रै नदेखिएको हो । एकअर्कालाई छोएर बसेका छौ“ । मात्रै अनुभव हुन नसकेको हो । र, हामीबीचको त्यो छुवाइ नदेखिने गरी चलिरहने बतासबाट पनि भएको छ । तिमीलाई छोएको बतासले मलाई पनि छोएको अनुभव गर्छ र त्यो सिरसिरे बतासको रेशमी र्स्पर्शले जोडेको ठान्छु एकअर्कालाई ।
र, यो धूवा पनि हावामा गएको छ । हामी पनि मिलौ“ला अब हावा भएर धूवा“धूवा“मा । त्यही एउटा अन्तिम सत्य पर्खिएर बसेको छु ।
– उही तिम्रो
-एक गुजुल्टो अन्धकार मडारिएर भित्र पस्यो । फेवा तालजस्ता नीला आ“खा भएकी त्रि्रो झझल्कोले फेरि मलाई पुर्यो । हल्लिइरहने झोलुङ्गे पुलजस्तो यो मेरो विचार पनि छिन्ने हो भने सायद म शून्यशून्य हुन्छु, लागिरहेछ ।
कतै कार्नेसन फुलिरहेको होला । कतै बन्दुक बिकिरहेको होला । कतै धूवा“ उडिरहेको होला । एउटा जीवन सुरुवात र एउटा जीवन अन्त्य भइरहेको होला ।
अहिले म आफै“भित्र ओझेल परेको छु जसरी ।
