Skip to content

जिन्दगी यो के बाँच्नु खै

  • by


जिन्दगी यो के बाँच्नु खै सधैं सून्य हात लाग्छ
जति प्रयास गरे पनि असफलताकै खात लाग्छ

मुटुभित्र चोखो माया संगालेथें उनकै लागि
डाकी उनलाई भनौं भने अनायासै बात लाग्छ

कसको लागि जिउनु जीवन मतलबी दुनियाँमा
आफ्नै मान्छे भनाउँदाको भीषण बज्रपात लाग्छ

छाती चिरी देखाऊँ भने विस्वास हुन्न कसो गरूँ
मुटुभित्र बसेकाकै किन किन लात लाग्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *