Skip to content

यो मद्होशी रात तिम्रै

  • by


बैंशालु जोवान अनि, अधरको मात तिम्रै
आलिङ्नमा हराएको, यो मद्होशी रात तिम्रै

प्रेम सागरमा रम्दा, तिमी र म सुन्यतामा
पल पल सम्हालेको, पिरतीको खात तिम्रै

अन्जानमै पियायौ, जहर तिम्रो यौवनको
अंगालोमा ओठ चुम्दै, सिरानीमा हात तिम्रै

समिप्यमा कसी तिम्रो, पिई रहे पनि सधै
प्यास कैल्यै नमेटिने, यौवनी सौगात तिम्रै

बैशालु जोवान अनि, अधरको मात तिम्रै
आलिङ्नमा हराएको, यो मद्होशी रात तिम्रै ।

हाल–दोहा कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *