Skip to content

जब मलाई देख्छन उनले त्यसै रिसाउँछन्

जब मलाई देख्छन उनले त्यसै रिसाउँछन्
नबुझिने के-के कुरा आँफू एक्लै बर्बराउँछन्

कहिले फेरी समिप’भै मलाई फकाउँछन्
कान समाई माफी माग्दै भूल जताउँछन

बुझ्न पनि कती गाह्रो रङ्गी-बिरङ्गी उनका कुरा
भूँल्न खोज्दा नसकिने साँझ-बिहान चल्ने छुरा

साँझपख टहल’न चौतारीमा आउँछन उनी
एकान्तको सुसेली’ले मनमा माया लाउँछन उनी

रुखबसी पंक्षी पनि उनकै स्वरमा-स्वर मिसाउँछे
नौलो-नौलो पिरतीको भाँका उनलाई सिकाउँछे

मेरो मन’त लट्ठैपरी उनकै समिप’मा हराउँछ
एक्कैपल टाढा उनी बाँच्न गाह्रो नै’बनाउँछ

गीता थापा (दोषी)
ईजरायल

2 thoughts on “जब मलाई देख्छन उनले त्यसै रिसाउँछन्”

  1. वाह् गिता तपाईको कबिताले मेरो
    वाह् गिता तपाईको कबिताले मेरो मनै पगाल्यो फेरीपनी अर्को कबिता प्रकाशित गर्नुहोला ल

  2. गिता जी साच्चिकै पनी तपाईको
    गिता जी साच्चिकै पनी तपाईको कबिता ले कता-कता मेरो ह्रिदय स्पर्श गरेकोछ|
    हुनपनी त हो मान्छेहरु मायाँ र प्रेमका बिचमा यसरीनै खेल गरिरहेका हुन्छन् होईनर?
    गणेश थापा सलामी
    बैङ्ग्लोर, भारत

Leave a Reply

Your email address will not be published. Required fields are marked *