जब मलाई देख्छन उनले त्यसै रिसाउँछन्
नबुझिने के-के कुरा आँफू एक्लै बर्बराउँछन्
कहिले फेरी समिप’भै मलाई फकाउँछन्
कान समाई माफी माग्दै भूल जताउँछन
बुझ्न पनि कती गाह्रो रङ्गी-बिरङ्गी उनका कुरा
भूँल्न खोज्दा नसकिने साँझ-बिहान चल्ने छुरा
साँझपख टहल’न चौतारीमा आउँछन उनी
एकान्तको सुसेली’ले मनमा माया लाउँछन उनी
रुखबसी पंक्षी पनि उनकै स्वरमा-स्वर मिसाउँछे
नौलो-नौलो पिरतीको भाँका उनलाई सिकाउँछे
मेरो मन’त लट्ठैपरी उनकै समिप’मा हराउँछ
एक्कैपल टाढा उनी बाँच्न गाह्रो नै’बनाउँछ
गीता थापा (दोषी)
ईजरायल

वाह् गिता तपाईको कबिताले मेरो
वाह् गिता तपाईको कबिताले मेरो मनै पगाल्यो फेरीपनी अर्को कबिता प्रकाशित गर्नुहोला ल
गिता जी साच्चिकै पनी तपाईको
गिता जी साच्चिकै पनी तपाईको कबिता ले कता-कता मेरो ह्रिदय स्पर्श गरेकोछ|
हुनपनी त हो मान्छेहरु मायाँ र प्रेमका बिचमा यसरीनै खेल गरिरहेका हुन्छन् होईनर?
गणेश थापा सलामी
बैङ्ग्लोर, भारत