Skip to content

शिवको छटा

  • by


शिवको छटा
गुह्येश्वरी प्रवेश
कुण्ड दर्शन ।

हिन्दुको आस्था
शिवको आराधना
लिड्डको पूजा ।

मायाको बाढी
प्रेयसीको समुन्द्र
सम्बन्ध सुख्खा ।

जीवन यात्रा
अधुरो नै भएछ
मृगतृष्णामा ।

ऐलेको साल
वेजोड शीतयुद्ध
भँगेरे चाल ।

गहिरो प्रेम
उमङ्ग र उत्सर्ग
स्वप्निल युद्ध ।

अनौठो माया
लक्ष्य विनाको याद
अर्कै प्रियसी ।

 
 
 
 
 
 
 
 
 
 
 

टिप्छ अरुले
बघैँचाको गुलाव
व्यर्थ गोठालो ।

विरसी हाँसो
दूर-भाषमा बोल्दा
गोहीको आँसु ।

नक्कली माया
सामुन्नेको प्रेमिका
मुटुको घाउ ।

नील गगन
चन्द्रमाको उन्माद
धर्ती फाटेछ ।

विरसी हाँसो
दूर-भाषमा बोल्दा
गोहीको आँसु ।

भूँइ भासियो
चर्किएको अक्रान्त
शान्त भएन ।

मलिलो बारी
नेताको मनपरी
नेपाली माटो ।

 
 
 
 
 
 
 
 
 
 
 
 

किन प्यासिएँ
सपनाको संगम
लोभी नयन ।

ब्यर्थ लोभिएँ
ह्दय रसाउँदा
संयोग मात्रा ।

रुपकी राम्री
शृङ्गारिक मातमा
नेपाली नारी ।

पानीको कुवा
तिर्खाएको ह्दय
अर्कैको खेती ।

गर्मीको चाप
रसाएको धर्तीमा
ठेस लागेछ ।

तातो बालुवा
ऊ बन्दुक बोकेकी
नेपाली नारी ।

बच्चाको आँखा
साउनको बर्षात
टुहुरो हुँदा ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *