Skip to content


धाकधम्की दिएको अनुभव राम्रै हुँदोरहेछ
मान्छे कुटेको अनुभव जब्बर हुँदोरहेछ
अंगभंग पारेको अनुभव अब्बल हुँदोरहेछ
मान्छे मारेको अनुभव त झन् ज्याद्रो हुँदोरहेछ ।

तिनै अनुभवका कारण मलाई
हरेक अडानबाट तल झर्नै मन हुँदैन
कहिल्यै पनि
चाहिने एवं नियमसंगत कुरा त गर्ने मन हुँदैन ।

जहिले पनि
झैझगडा गराऊँ गराउँ लाग्छ
आन्दोलन चलाऊँ चलाऊँ लाग्छ
मलाई कसैले पनि पत्याउँदैनन् थाहा छ
र पनि
बातैपिच्छे ‘जनता’ भजाएर
जनतालाई नै नचाऊँ नचाऊँ लाग्छ ।

यसै गरी लाजशरम र अपराध
लुकाऊँ लुकाउँ लाग्छ
पचाऊँ पचाउँ लाग्छ ।

नेपाल साप्ताहिक २५९

1 thought on “अनुभव”

Leave a Reply

Your email address will not be published. Required fields are marked *