धाकधम्की दिएको अनुभव राम्रै हुँदोरहेछ
मान्छे कुटेको अनुभव जब्बर हुँदोरहेछ
अंगभंग पारेको अनुभव अब्बल हुँदोरहेछ
मान्छे मारेको अनुभव त झन् ज्याद्रो हुँदोरहेछ ।
तिनै अनुभवका कारण मलाई
हरेक अडानबाट तल झर्नै मन हुँदैन
कहिल्यै पनि
चाहिने एवं नियमसंगत कुरा त गर्ने मन हुँदैन ।
जहिले पनि
झैझगडा गराऊँ गराउँ लाग्छ
आन्दोलन चलाऊँ चलाऊँ लाग्छ
मलाई कसैले पनि पत्याउँदैनन् थाहा छ
र पनि
बातैपिच्छे ‘जनता’ भजाएर
जनतालाई नै नचाऊँ नचाऊँ लाग्छ ।
यसै गरी लाजशरम र अपराध
लुकाऊँ लुकाउँ लाग्छ
पचाऊँ पचाउँ लाग्छ ।
नेपाल साप्ताहिक २५९

ahileko ethartha…
ahileko ethartha…