आस्थाको धिप्धिपे उज्यालोमा
जीवनको अस्तित्व खोज्दै
लालिगुराँसको रङ भर्दै
बेली र चमेली फुले
संग्राममय जिन्दगी घिसार्दै
अन्धकार र अत्यासका यात्रामा
पूर्णविराम लाग्ने झिनो आशा बोकेर
पूर्ण विरामहरू
निस्तेज जिजीविषामा होमिदैछन्
सुन्तली लोग्ने आउने आशामा
बिहानीको किरणसँगै मुस्कान छर्छे
दुःखका उछ्वासहरू भुलेर
फेरि जीवन बाँच्ने अभिलाषामा
ती वृद्ध बाबु छोराको आगमनमा
बुढेशकालको सहारालाई सम्झँदै
जूनको छहारीमा सुस्ताउँछन्
ती वृद्ध आमा मातृवात्सल्यले पिल्सिदै
शान्तिको सास फेर्छिन्
तर खै परेवाहरू उडेर कहाँ पुगे
बुद्ध नै क्रूद्ध बनेको बेला
मानवताको खरानी मात्र उडे
स्वच्छ शान्त, हरावरा नेपाल
शिनोको गन्धमा तस्त छ
र पनि
आस्था कहाँ निभेको छ र
मान्छेको जीवन उज्यालिने
भयावह सपना पछि भर्खरै आत्तिएर उठे पनि
भयको क्षण निमिट्यान्न भएका छन्
मरेका आस्थाहरू भूत बनेर तर्साउने हैन
वर्तमान सुधारिदएर आउनुपर्छ
जीवन जीवन जस्तै
मान्छे मान्छे जस्तै भएर बाँच्न पाउँनुपर्छ ।
