मलाई सम्झेर रुन्छ्यौ बेकारमा
अस्ताउने घामलाई छुन्छ्यौ बेकारमा ।
भीडमै छ माया भीड नै दुनियाँ
तिमी किन एक्लो हुन्छ्यौ बेकारमा ।
बालुवाको महल ताजमहल हैन
माकुराझैँ सपना बुन्छ्यौ बेकारमा
तिमीभित्र मेरो जून हुर्किदैछ
दुनियाँको कुरा सुन्छ्यौ बेकारमा ।
कोट्याउन मन लाग्ने छन् घाउहरू
लागेको दागलाई धुन्छ्यौ बेकारमा ।
मलाई सम्झेर रुन्छ्यौ बेकारमा
अस्ताउने घामलाई छुन्छ्यौ बेकारमा ।
-इटहरी
