“मलाई जिन्दगी साह्रै पट्यारलाग्दो लाग्दैछ । मैले जीवनमा स्वतन्त्रताको उपभोग त गरे“ तर मृत्युको उपभोग किन गर्न सकिन“ – के मृत्यु वरण गर्न पाउनु मेरो स्वतन्त्रता होइन – भन त, मृत्यु मेरो वशमा छैन -” ऊ भावुक बन्दै गई ।
“तिमीले भनेजस्तै सबैको मृत्यु-इच्छाले स्वतन्त्रता पाउने भए समाजको स्वरूप अराजक बन्ने थियो,” मैले उसलाई सम्झाउने प्रयास गर्दै भने“, “प्रकृतिमा कुनै पनि जीव आफ्नो चाहनामा मर्न पाएको तिमीले देखेकी छौ -”
ऊ चुपचाप घोरइिर् ।
रानीपोखरीमा र्सर्ूयको मधुरो प्रकाश देखिन्थ्यो । क्रमशः सा“झ पर्दै थियो । अफिस छुटेर आ-आफ्नो वासस्थानमा जानेहरूको लर्को थियो सडकभर ि। यस्तो व्यस्तता हर्ेदा लाग्थ्यो, यात्रीहरू कुनै विशेष समारोहको भव्य तयारीमा जुटेका छन् ।
रेस्टुरा“मा बत्तीहरू बल्दै थिए । ब्रेयन एडम्सको ‘एट्टनि टिल आई वील र्डाई …’ बोलको गीत बज्दै थियो । ऊ बियरस“ग लठ्ठि“दै थिई । गोरो अनुहार, सुनौला केशराशि र गहिरा आ“खा उसको स्वाभाविक रूपाकृति । खिरलिा औ“लामा मार्लबोरो चुरोट सल्काउ“दै उसले मलाई एक पेग थप्ने आग्रह गरी । उसको आग्रहलाई मैले स्वीकारििदए“ ।
“जीवनमा एकचोटि मात्रै वसन्त छाउ“दो रै’छ विजय,” उसले जीवनलाई प्रकृतिस“ग दा“जी । भन्दै थिई, “जीवन पनि वसन्तपछिको फूलझै“ यौवनपछि लगत्तै मर्नुपर्ने ।”
“यही नमर्नुमा त जीवनको आनन्द छ,” मैले भने“ ।
“यस्तोे रुखो जीवन – छिः बा“चेर पनि दिनदिनै मर्नुभन्दा, यौवन नसकि“दै मर्न पाएको भए कति मज्जा हुन्थ्यो † मलाई यस्तो अर्थहीन जीवनको उपयोग गर्न मन लागेको छैन विजय,” ऊ भन्दै थिई ।
उसलाई मैले भक्तपुर दरबार स्क्वायरमा केही महिनाअघि भेटेको थिए“ । उसको नाम केजिया हो । ऊ अस्ट्रेलियन हो । नेपाल बसाइका क्रममा केही दिन मस“ग बिताएकी थिई । उस“गको छोटो परचियमा म निकै घुलमिल भइसकेको थिए“ ।
ऊस“ग उसकी साथी साकुरा थिई । साकुरा नेदरल्यान्डकी हो । उनीहरू दुवै जना एउटा गैरसरकारी संस्थामा भोलेन्टियरका रूपमा नेपाल आएका हुन् ।
केजियाका बाबुआमा कृषक हुन् । तर, ऊ र उसका दाजुले भने बाबुआमाको पेसाभन्दा फरक पेसा अ“गाले । उसको दाजु वकिल छ, केजिया इन्जिनियर ।
केजिया जिन्दगीलाई मूल्यहीन वस्तु बताउ“छे । उसको विचारमा संसार शून्य छ । ऊ तर्क गर्न सिपालु छे ।
उनीहरूको नेपाल बसाइ सकिन लागेको थियो । केजिया केही महिनामा नै यति मज्जाले घुलमिल भइसकेकी थिई कि उसलाई अस्ट्रेलिया फर्केर जाने मन नै थिएन । तैपनि, ऊ यहा“बाट जानु नै थियो ।
अस्ट्रेलिया र्फकनु दर्ुइ दिनअघि हामी पोखरा गएका थियौ“ । हामीस“गै साकुरा पनि थिई । फेवातालको किनारमा फागुन महिनाको सुन्दर सा“झ । सिङ्गै प्रकृति त्यही ओइरेजस्तो लाग्थ्यो । फेवातालमा चन्द्रमा पौडि“दै थियो । तर, तालको सौर्न्दर्यमा कुन्नि किन हो, केजिया रम्न सकिन ।
हामी पिउ“दै थियौ“ । मैले उसलाई सोधे“, “केजिया तिमी अस्ट्रेलियामा पनि यत्तिकै पिउ“छ््रयौ -”
उसले गम्भीर भएर भनी, “पिउ“छु, लाग्छ मान्छेको जिन्दगी नै रक्सी हो ।”
ऊ भावुकतामा पौडिन थाली ।
उसले त्यो सा“झ मस“ग सोधी, “तिमी कसैस“ग प्रेम गर्र्छौ -”
“म जीवनमा प्रेमको लायक बन्न सकिन“,” मैले भने“, “त्यसैले मैले न प्रेमको अर्थ बुझ्न सके“, न प्रेम नै गर्न सके“ ।”
“जब तिमी प्रेमको परभिाषा नै बुझ्दैनौ भने जीवनको परभिाषा कसरी बुझ्छौ -” उसले प्रश्न गरी । म चुपचाप घोरएि“ । र, सोधे“, “के तिमी कसैस“ग प्रेम गछर््याै –
उसले रक्सीको घुड्को स्वाट्टै पारी र भनी, “गरेकी थिए“ तर अब छैन ।” उसले दुवै हातले आफ्नो अनुहार छोपी । र, चुपचाप आकाशतिर फर्किंदै भनी, “मेरो प्रेमी अप्रिmकी मूलको थियो । ” उसले आफ्नो कथा सुनाउन थाली, “उसको नाम वाल्टर हो । म जर्मनी गएका बेला त्यही“ हाम्रो परचिय भएको थियो । वाल्टर जर्मनीमा कृषि विशेषज्ञका रूपमा कार्यरत थियो । ऊ समुन्द्र अति मन पराउ“थ्यो । म समुन्द्रमा मर्न लालायित छु । यसको सौर्न्दर्य लुट्न त यसमै मर्नु जाती हुन्छ । ऊ सधै“ यसै भन्ने गथ्र्यो ।
म जर्मनीमा रहुन्जेल हामी स“गै बस्यौ“ । वाल्टर भावुक थियो । पछि कामको सिलसिलामा म अस्टे्रेलिया र्फकें । अस्टे्रलिया फर्केपछि पनि हाम्रो धेरैपटक भेट भएको थियो । दिनैजसो इमेल गथ्र्यो । तर, करबि चार वर्षघि मात्र ऊ एउटा डुङ्गा दर्ुघटनामा परेर मर्यो । अब भन त विजय, जिन्दगी त्यति सजिलै मर्न सकिने रहेछ तर प्रेम किन मर्दैन -”
यतिबेला उसका आ“खाभर िआ“सु देखिन्थ्यो ।
मलाई नमिठो अनुभूतिले सतायो । म उसलाई सम्झाउन सक्ने अवस्थामा नै थिइन“ । सान्त्वना दि“दै भने“, “जीवन भनेको गुलाब, आ“सु र खरानी हो केजिया । जीवनमा तीनै चीज कुनै न कुनै रूपमा पार गर्नर्ैपर्छ ।”
उसले तत्कालै भनी, “यो त्रि्रो दर्शन हुनसक्ला । तर, मलाई मेरो जीवन सबै आ“सु र खरानी मात्र हो जस्तो लाग्छ ।” यतिबेला उसको आ“खा ढपक्कै आ“सुले ढाकिएको थियो ।
हामी अबेरसम्म तालको छेउमै बस्यौ“ । उसले त्यो सा“झ मस“ग उसका पारविारकि कुरा गरेकी थिई ।
उसको दाजु उमेरले जेठो भए पनि १४/१५ वर्ष युवतीस“ग प्रेम गर्दो रहेछ ।
“उनीहरूको प्रेमबाट मैले एउटा शिक्षा पाए विजय । प्रेममा उमेरले केही नछेक्ने रहेछ,” उसले सुनाई ।
दर्ुइ दिनपछि हामी काठमाडौ“ फर्कियौ“ । त्यही दिन उसको फ्लाइट थियो । उसलाई बिदाइ गर्न म एयरपोर्ट पुगे“ । जानुअघि उसले मलाई अस्टे्रलिया पुग्नासाथ इमेल गर्ने, बाबुआमालाई मेरो परचिय दिने भनेकी थिई । ऊस“ग साकुरा पनि गई । उनीहरू दुवैलाई मैले बिदाइको हात हल्लाए“ ।
केही दिनपछि केजियाको इमेल पाए“, जसमा उसले मस“गको परचियलाई एउटा महत्त्वपर्ूण्ा संयोग ठानेको लेखेकी थिई । “मैले तिमीस“गको भेटबाट वाल्टरस“गको बिछोडलाई भुल्न थालेकी छु,” उसले लेखेकी थिई ।
“म फेर िनेपाल आउन चाहन्छु,” उसको दोस्रो इमेलको सुरुवात यही थियो । “तिमीस“गको मीठो मिलनलाई मैले जिन्दगीभर स“गाल्ने विचार गरेकी छु । यदि तिमी मलाई स्वीकार्र्छौ भने म सदाका लागि तिमीस“गै रहने छु ।”
उसको इमेल पढ्नासाथ म अलमलिए“ । मैले प्रत्युत्तरमा लेखिदिए“, “केजिया म तिमीलाई एक राम्रो साथीका रूपमा सदा लिने छु । यदि तिमी हाम्रो यही मित्रतालाई साथ दिन आउने भए तिमीलाई स्वागत छ ।”
उसले मलाई इमेल गर्न छाडीदिई । सम्भवतः मेरो प्रत्युत्तरले उसलाई दुःखी तुल्यायो ।
धेरै दिनपछि साकुराले इमेल पर्ठाई । लेखिएको थियो, “केजियाले आफ्नो जीवनलाई पछिल्लोपटक पनि निर्रथक मान्नुमा दोषी तिमी छौ विजय । तिमीले उसलाई सदाका लागि गुमायौ, मैले गुमाए“ । आखिर पहिला तिमीले ऊस“ग किन प्रेम गर्यौ -”
उसका यी हरफले मेरो मन भत्भती पोल्यो ।
केजियासगका प्रत्येक क्षण मेरा आ“खाअगाडि घुम्न थाले । मैले केजियालाई एक साथीका रूपमा मात्रै हर्ेनु मेरो गल्ती हो त – म सोचमग्न भए“ । केजियाले किन आत्महत्या गरी होला – मैले सम्झे“ । मैले केजियास“गका प्रत्येक तस्बिर एल्बमबाट झिके“ र एक-एक गरी नियाले“ । देखे“ एउटा तस्बिरको पछाडि लेखिएको थियो, “विजय मेरो मृत्युपछि मलाई सपनामा देख्ने प्रयास नगर । म सपनामा पनि मृत रहने छु ।”
नेपाल साप्ताहिक
अंक २७३
