तिमीदेखि टाढा हुने मेरो चाह होइन,
यस्तै पार्यो समयले मेरो रहर होइन २
मलाई पनि मन थियो हेर तिमीसँगै हाँस्ने
सुख दुख जे भए नि हाँसी खुसी बाँच्ने
समयले टाढा पार्दा पल पल रुयो
तिमीबिना हरेक क्षण तप तप आँसु चुह्यो
बिहानीको किरणसँगै तिम्रो मुहार हेरौं लाग्छ
नेपथ्यमा तिमीलाई पाउँदा जिउँदै आफैं कात्रो बेरुँ लाग्छ
तिमीलाई नभेट्नु मेरो जीत होइन
तिमीलाई सम्झी रुनु, यो मेरो गीत होइन
गरेको छु मैले आशा, फेरि पनि भेट्ने
मनमा लागे तिम्रो प्यासलाई सधैं सधैं मेट्ने
मनमा लागे तिम्रो प्यास सधैं सधैं मेट्ने…………….
राजेश रुम्बा लामा
ग्रुप फोर
दोहा कतार .

heradai jaada rajesh jeeko
heradai jaada rajesh jeeko geet tirani aakha
pugechhan feri dhanyabaad nadi rahana sakina
yahalaai ni muri muri dhanyabaad sangai pragatiko kamana chha!
तिमीलाई नभेट्नु मेरो जित होइन
तिमीलाई सम्झी रुनु,यो मेरो गीत होइन
गरेको छु मैले आशा ,फेरी पनि भेट्ने
मनमा लागे तिम्रो प्यासलाई सधै सधै मेट्ने
मनमा लागे तिम्रो प्यास सधै सधै मेट्ने!
bisesh ta yi serharu mana parae maile!
dhanyabaad
geeta thapa
israel
गीता जी सर्पप्रथम त नमस्ते
गीता जी सर्पप्रथम त नमस्ते !
अनि हजुरको त्यो सुकोमोल नयनहरु मेरो टोटेका फुटेका गितहरुमा पुराउनु भएकोमा स धन्यवाद !!
साथै मेरो साहित्यक बाटो प्रति इंगित गर्दै कामना गर्नु भएकोमा हार्दिक अबर प्रगत गर्दा छु.!आशा र विश्वास छ अघि बढ्न लाई अझै पनि हजुरहरुले मलाई मायालुरुपी हौसला दिनु हुनी छ !