उसले सुनेको छ, यो निर्वाचनपश्चात् मुलुकमा पछि परेका वा राज्यद्वारा बेवास्ता गरएिका सबै नागरकिको उन्नति हुनेछ । देशका मालिक स्वयम् जनता नै हुनेछन् । निर्धक्क काम गर्न पाइनेछ । कहिल्यै बन्द, हडताल, चक्काजाम वा नाकाबन्दी हुने छैन ।
जम्मा ८ कक्षासम्म पढेको लाल मिजारलाई चुनावप्रति यतिविघ्न भरोसा भने छैन । किनभने, ४८ वर्षो उमेरभित्र उसले कैयौ“ चुनाव देखिसकेको छ, भोट खसालिसकेको छ र उसैले भोट दिएकाहरू कैयौ“ सांसद, मन्त्री, मेयर-उपमेयर, वडाध्यक्ष भइसकेका छन् ।
लाललाई चुनावप्रति वितृष्णा त्यतिखेर हुन्छ, जतिखेर ऊ सम्झन पुग्छ- उसैले भोट दिएका सांसद, मन्त्री वा मेयरहरू चुनाव जितेर गइसकेपछि उसलाई चिन्दैनन् । ऊ कुनै काम गरििदनु पर्यो वा जागिर खुवाइदिनु पर्यो भनेर तिनकोमा कहिल्यै गएको छैन तर यसो कहिलेकाही“ तिनीहरू बाटामा कतै भेटि“दा बोलिदिऊन् भन्ने लाग्छ उसलाई । तर, चिन्दैनन् ।
अहिलेको वडाध्यक्ष भने स“गै स्कुल पढेको हुनाले उसले लाललाई राम्ररी चिन्छ- भेटमा उभिएरै बोल्छ, सञ्चो-बिसञ्चो पनि सोध्छ । तर, लाललाई यो पनि थाहा छ- वडाध्यक्ष अति चतुर छ, बाहिर आदर्श र क्रान्तिकारी कुरा गर्छ, भित्रीरूपमा भने भ्रष्ट छ । तर, के गरोस् विचरा लाल † अर्को पार्टर्ीीे उम्मेदवार यो भ्रष्ट वडाध्यक्षभन्दा पनि काम नलाग्ने थियो, त्यसैले ऊ यसैलाई भोट हाल्न बाध्य भयो । लालले भोट हाल्दा मनमनै भनेको थियो, चोरहरूमध्ये पनि कम चोरलाई नै मत दिनु राम्रो हुन्छ । के गरोस् बिचरो लाल संसद्को चुनाव र नगरपालिकाको चुनावमा पनि त्यही वडाध्यक्षले भनेकै मान्छेलाई भोट दिएको छ र उसले भोट दिएको मान्छेले नै जितेको पनि छ ।
यसअघिको संसद्को निर्वाचनमा त्यही वडाध्यक्षस“ग आएको नेताले लालको जुत्ता बेच्ने अस्थायी पसललाई स्थायी बनाइदिने वचन दिएको थियो । त्यतिखेर लालले त्यस नेतालाई एकजोर राम्रो जुत्ता उपहार दिएको थियो, खुसीले । वडाध्यक्षलाई त लालले दर्जनौ“ जोर जुत्ता दिइसकेको छ । अहिले पनि ऊ आफ्नो खुट्टामा लालले दिएकै जुत्ता घिसाररिहेको छ ।
लाललाई आश्वासन दिने मान्छे चुनाव जितेर मन्त्री पनि बन्यो, केही समय । तर, लालले उसलाई कहिल्यै भेट्न पाएन । एकदिन लाल त्यही दोबाटोको आफ्नो घुम्ती पसलमा बसेर जुत्ता बेचिरहेका बखत रातो रङको प्राडो गाडी चढेर त्यो मन्त्री कतै गइरहेको देख्यो । त्यतिखेर लालका हात अनायास उठेका थिए र मुखबाट आवाज निस्किएको थियो, “मन्त्रीज्यू म लाल, तपाईंले भोट माग्न आउ“दा मेरो…।” तर, वाक्य पूरा हुन पाएको थिएन । प्राडो रफ्तारमा धेरै पर पुगिसकेको थियो ।
त्यसैले यी कुनै पनि खालका चुनावहरूप्रति लाललाई चासो छैन । चुनावको अघिल्लो दिनसम्म लाल सोच्ने गर्छ, “आ… जान्न कसैलाई भोट हाल्न । के दिने हुन् र तिनले -” तर, जब चुनावको दिन आउ“छ, ऊ पसल खोलेर बस्नै सक्दैन । उसको मन अधीर बन्न थाल्छ । र, ऊ लाग्छ मतदान केन्द्रतिर ।
“तर, यसपटकको निर्वाचन पहिलाको जस्तो होइन, यसले नया“ नेपालको निर्माण गर्छ लाल, बुझ्यौ । हामी आफै“ले आफ्नो संविधान लेख्न पाउ“छौ“ । सबै जातजाति, धर्म, संस्कृति, लिङ्ग, वर्गले यसमा समान अवसर पाउने छन्…,” वडाध्यक्ष अझै चुनावबारे बखान गर्न खोज्दै थियो, लालको पसलमा ग्राहक पसेकाले ऊ जुत्ताको मोलभाउ गर्नतिर लाग्यो । वडाध्यक्ष भने चुनावमा उठेको नेताको साना-ठूला केही पम्पलेट दिएर कतै लाग्यो । ग्राहक आफ्नो पसलबाट बाहिरएिपछि लाल पम्पलेट हर्ेन थाल्यो ।
त्यो पम्पलेटमा टा“सिएको फोटो त्यही नेताको थियो, जसलाई यसअघि पनि लालले भोट दिएको थियो, फरक यति हो कि अहिले त्यसले जु“गा पालेको छ । फोटोमा हा“सिरहेको त्यो नेताले आफूलाई नै गिज्याएको जस्तो लाग्यो लाललाई । अनि, पम्पलेट च्यातचुत पारेर खोलामा मिल्क्याउदिउ“m झै“ लाग्यो लाललाई । अझ सि“गान पुछेर मिल्काऊ“जस्तो पनि लाग्यो । होइन जुत्ता पोको पारेर कसैलाई पठाइदिऊ“ कि, लालको मनमा आयो । तर, उसले धर्ैय गरेर पम्पलेटका अक्षर पढ्न थाल्यो,
जनताको र्सार्वभौमसत्ता सुरक्षित गर्न,
मुलुक विखण्डन हुनबाट जोगाउन,
हरेक नागरकिले आफ्नो प्रतिभा अनुरूपको काम गरी खान र रोजगार बढाउन,
मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न,
नया“ नेपाल निर्माण गर्न, …।
बा“की शब्द पढ्न लाललाई जा“गर पटक्कै चलेन । यद्यपि, मोटो अक्षरमा लेखिएको वाक्य भने उसले दोहोर्याएर पढ्यो, ‘नया“ नेपाल’ निर्माण गर्न । लालका दिमागमा धेरै कुरा खेल्न थाले, नया“ नेपाल निर्माणले उसको दिमागलाई रन्थनाइरह्यो । उसलाई पसल खोलेर बसिराख्न पटक्कै मन लागेन ।
पसल बन्द गरेर लाल सीधा घरतिर लाग्यो । श्रीमती बालबच्चासमेत बोकेर माइत गएकी थिइन्, घरमा कोही थिएन । केही कुरा सोच्न र निर्ण्र्ाागर्न परेका दिन लाललाई घरमा कोही नभइदिए हुन्थ्यो भन्ने लाग्छ, आज उसलाई भनेजस्तै भएको छ ।
आज लालले आफू ८ कक्षा पढिरह“दाको पुरानो कुरा सम्भिmयो, कुरास“गै पाखण्डी वडाध्यक्षलाई पनि सम्भिmयो । त्यसबखत त्यो हेडमास्टरले उसलाई ज्वरो आउनेगरी नपिटेको भए ऊ पढाइ छोड्दैनथ्यो । उसलाई उसको बाउले भनेका थिए, “बाबु तै“ले पढेर ठूलो मान्छे बन्नर्ुपर्छ । दुनिया“को जुत्ता तुन्दातुन्दा म त थाकिसके“, अब तै“ले इज्जतदार काम गर्नु पर्छ ।” तर, बाबुचाहि“ उसको पढाइ पूरा नहु“दै बिते । ऊ बाबुको इच्छा पूरा गर्नकै खातिर पनि पढ्न चाहन्थ्यो तर त्यो आततायी हेडमास्टरले गृहकार्य नगरेकै कारण उसलाई एक साता ज्वरो आउने गरी पिट्यो । त्यसै दिन लालले अठोट गर्यो, पढाइ छाड्ने र जुत्ताकै काम गर्ने ।
उसले अहिले जुत्ता बेच्ने काम गर्न थालेको साढे तीन दशक बितिसकेको छ । तर, ऊ गरबिै छ । यतिखेर लाललाई जिन्दगीस“गै विरक्ति लागेर आयो, उसले आफै“लाई गाली गर्यो, “थुइक्क गधा, तेरो जिन्दगी त्यसै खेर गयो, अर्काको जुत्ता समाउ“दैमा जाने भयो एकबारको जिन्दगी † त्यो मर्ूख बनारसी पन्डाजस्तो हेडमास्टरले पिट्यो भन्दैमा त“लाई किन पढाइ छाड्नु पथ्र्यो बेबकुफ लाल †” अघिल्लो दिनको विरक्तिले लाललाई भोलिपल्ट पनि दिक्क लगाइरहेको थियो । काम गर्न पटक्कै मन लागेको थिएन ।
लालको मनभित्र यस्तै आ“धीबेहरी चलिरह“दा चुनाव ‘भोलिपल्ट’ आइसकेको थियो ।
त्यसपटकको चुनावमा पनि लाललाई पहिलाजस्तै भयो तर यसपटक भोट हाल्ने दिनको बिहानसम्म पनि उसलाई कसैलाई भोट दिएर के हुन्छ र भन्ने लागिरह्यो । उसका छिमेकीहरू धमाधम भोट हाल्न मतदान केन्द्रतिर गइरहेका थिए, त्यतिखेरै लालको मन पनि उद्वेलित भएर आयो । ऊ सोच्न थाल्यो, म एक जना भोट हाल्न नगएर यो चुनाव रद्द हुने पनि होइन, मैले भोट नदि“दैमा कोही हार्ने वा जित्ने पनि होइन । लालले यतिखेर चुनावमा उठ्ने मान्छेको तुलनामा आफूलाई निकै कमजोर देख्यो, निमुखो देख्यो, महत्त्वहीन देख्यो । अनि, ऊ मतदान केन्द्रतिर लाग्यो । त्यतिखेर एउटा कुराले भने उसको मनमा पटकपटक आक्रमण गररिहेको थियो, “उसको जुत्ता पसल स्थायी बनाइदिने ।” कताकता मनको अन्तरकुन्तरमा यो आश्वासनले उसलाई चिमोटिरह्यो, आशा पलाएर पनि आयो । कतै यो नेताले जित्यो भने मेरो काम गरी पो हाल्छ कि… यस्तै सोच्यो लालले । र, छिर्यो उही वडाध्यक्षले भनेको मान्छेलाई भोट हाल्न मतदान केन्द्रको ढोकाबाट लाल ।
ढोकाछेउमै उही नेता हात जोडेर बसिरहेको थियो, लाललाई देखेपछि उसले हात जोडेकै मुद्रामा अगाडि आउ“दै हात मिलाएर भन्यो, “मेरो जित्ने आधार भनेको तपाईंहरू नै हो । मैले जितेपछि तपाईंलाई भनेको सबै काम गरििदन्छु । विश्वास गर्नूस् र ढुक्क हुनूस् ।”
लालले त्यतिखेर त्यही नेतालाई आफ्नो विचारको नेता सम्झ्यो, आफ्नो दुःखहर्ता पनि त्यसैलाई देख्यो र कतै नहेरी मतपत्र लियो र ढ्याम्म भोट हाल्यो त्यसैको चुनाव चिन्हमा । निर्वाचनको दिन लाललाई पसल खोल्ने जा“गर चलेन, ‘आज यसो पिउ“m कि’ भन्ने सोच्यो लालले र लाग्यो सधै“ जाने भट्टीतिर ।
पिउ“दापिउ“दै लालले अलि बढी नै पियो, समय पनि निकै बितायो लालले त्यस भट्टीमा । अबचाहि“ घर जानु पर्छ है भन्दै सोच्दै झमक्क सा“झ परेपछि लाल त्यहा“बाट निस्कियो । लालको खुट्टा बिलकुलै ठाउ“मा थिएनन्, ऊ आफूलाई सम्हाल्न सकिरहेको थिएन । लर्खराएका पाइलाका कारण आज उसलाई दर्ुइ किलोमिटर हि“ड्न एक घन्टाभन्दा पनि बढी लाग्यो । घर र त्यो भट्टी अनि उसको पसलको दूरी त्यति ज्यादा थिएन । बाटो यस्तो थियो- भट्टी, लालको जुत्ता पसल अनि उसको घर ।
ऊ लर्खराउ“दै आफ्नो पसलछेउ पुग्यो- त्यहा“ उसलाई अचम्म लाग्यो । अचम्म, यस्तो अचम्म जुन विषयमा ऊ सोच्न पनि सक्दैन ।
त्यहा“ लालको जुत्ता पसल थिएन, त्यो जलेर खरानी भइसकेको थियो । लालले आफ“ैस“ग भन्यो- गधा लाले यति धेरै रक्सी पनि खानु हुन्छ, आफ्नो पसल नै खरानी भएको देख्ने गरी † उसले बेस्सरी आ“खा मिच्यो र फेर िहेर्यो आफ्नो पसल । सा“च्चै नै यसपटक पनि लालले त्यही देख्यो, जुन यसअघि देखेको थियो । लाललाई यसपटकको दृश्यले केही झस्क्यायो र रक्सीले पनि चटक्कै छोड्यो । उसले आफ्नो पसल भएको स्थानको नजिकै गएर हेर्यो, अब भने ऊ निश्चित भइसकेको थियो सा“च्चै नै त्यहा“ उसको जुत्ता पसल थिएन, त्यो कसैले जलाइदिएको थियो ।
अचानक लाल डा“को छाडेर रुन थाल्यो ।
केहीबेरमा अरू पसलेहरू त्यहा“ जम्मा भए र उही नेताकोमा जाने र कुरा गर्ने सल्लाह दिन थाले । लाललाई साथीहरूको सल्लाह उचित लाग्यो र हि“ड्यो नेताको घरतर्फ।
मतदानको कार्यक्रम सकिसकेको पनि दर्ुइ-तीन घन्टा भइसकेको थियो । नेता घर पुगिसकेको थियो र उही वडाध्यक्ष भेटियो नेताको घरको मूल ढोकामै । लालले रु“दै वडाध्यक्षस“ग आफ्नो कुरा सुनायो । वडाध्यक्षले सकेसम्म त केही नबोली हि“ड्ने प्रयत्न गर्यो, लालले आफ्ना कुरा भक्कानो छाड्दै फेर िदोहोर्याएपछि वडाध्यक्ष बोल्यो, “लाल त्रि्रो कुरा हाम्रा नेताले पनि थाहा पाइसक्नु भएको छ, अब यसमा हामीले गर्नसक्ने केही छैन । तिमीस“ग रसि उठेको कोही मान्छे आयो र जलाइदियो त्रि्रो छाप्रो, के गर्नु – केही दिन पर्ख उहा“ले चुनाव जित्ने त पक्कापक्की नै छ, त्यसपछि कुनै मन्त्री वा त्यस्तै पदमा पुगेपछि म यसो हेरििदन भनिदिउ“ला, अहिले तिमी जाऊ, उहा“ निकै थाक्नु भएको छ ।”
लाल अवाक् फर्कियो आफ्नो जलेको पसल हु“दै घरतिर ।
रातको ११ बजिसकेको थियो, कताकता लाललाई त्यो पसल जलेको छैन कि भन्ने लाग्न थाल्यो । ऊ सुत्न सकेन । ओछ्यानबाट उठ्यो र लाग्यो फेर िआफ्नो पसल भएतिर ।
अब भने पक्का भयो, पसल जलिसकेकै थियो । बा“की थिए, केवल उसले जुत्ता बनाउन ल्याएका का“चा छालाको जलेको गन्ध, जो परपरसम्म फैलिएको थियो । त्यो आधारातमा पसल भएको स्थानमा लाल घोप्टो पर्यो र रुन थाल्यो । उसको रुवाइ सुन्ने त्यहा“ कोही थिएन, न फलानोलाई भोट दिनु पर्छ भन्ने वडाध्यक्ष, न भोट दिएका नेता, न त नया“ नेपाल बनाउ“छु भन्नेहरू नै । उसले ‘नया“ नेपाल’का ठाउ“मा ‘जलेको पसल’ देखिरहेको थियो । त्यसबखत ऊ झनै कहालिएर रोयो । उसको त्यो रुवाइ छेउमै दर्ुगन्ध बोकेर भए पनि बगिरहेको खोलाले सुन्यो, मध्यरातको अन्धकारले सुन्यो र सुन्यो जलेर खरानीमा परण्िात भएका उसका रगत-पसिना मिसिएका पसलका जुत्ताहरूले । र, उसको नया“ नेपाल खरानी भइसकेको थियो ।
नेपाल साप्ताहिक
अंक २८५
