Skip to content

निको छैन त पारा

निको छैन त पारा

आज भोलि बोल चाल नै छैन सानु
कतै माया पो मार्यो कि ?
भेट घाट नि हुन छाडियो आजकल
कतै मायाको बसाई पो सार्यो कि ?

भेट न खोज्दा भेट नै हुन्न
नाभेटना जंगरै पो तर्यो कि ?
दुखिया यो ज्यान देखेर तिमीले
कतै माया पो मार्यो कि ?

नियतिले मलाई गरिबी बनायो
तिमीले नि मै दोषी ठहर्यो कि ?
छाती भरि हामीले लाएको माया
कतै चटक्कै पो मार्यो कि ?

तिमि देखि अन्त जाने बाटो छैन भन्थियो
कतै बाटो पो खुल्यो कि ?
जुनी जुनी सम्म तिम्रै हु भन्थ्यो
कतै पो भुल्यो कि,,,,,कतै पो भुल्यो कि ?????

राजेश रुम्बा लामा
दोहा,कतार .
Reasonlama_rumba@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *