उनी मेरी दिलकी रानी बोलाएर आएँ
फूल टिपी जाहीजुही सजाएर आएँ
दोबाटोमा कुरी बसे उनी आउने आस पाली
आइन उनी मनको प्यास बुझाएर आएँ
लोलाएका नयन उनका छरिएका केशरासी
काखमा राखी केशरासी खेलाएर आएँ
धेरै बस्यै एकान्तमा साटा साट मन मुटु
नजाने ती उनको के के चलाएर आएँ
लखनपुर ३ झापा, नेपाल
