Skip to content


दुई कुरा (चामल र चमेली)मध्ये कुनै एक रोज्नुपर्ने अवस्था आइलाग्यो भने निश्चित तवरले मेरो रोजाइ हुनेछ, चामल । यसरी रोज्दा म तलमाथि वा देब्रे-दाहिने अरू केही सोच्दिनँ, सायद मेरो मस्तिष्कले त्वरति सोच बनाइसकेको हुन्छ । किनभने, म चामलमा सार देख्छु र चमेलीमा फगत रूप मात्र । सार भनेको गुदी हो, गुण हो, गुणवत्ता हो, प्राकृतिकता हो र अन्तरतम हो । रूप भनेको बोक्रा हो, प्रदर्शन हो, देखावा हो, आवरण हो, बाहिरीपन हो । त्यसैले त हाम्रा ज्ञानी पुर्खाहरूले भनेका हुनन्, तन (अर्थात् रूप)को शुद्धताभन्दा सार (अर्थात् मन)को विशुद्धतामा ध्यान दिनुपर्छ, यही नै स्वान्तसुखायः र बहुजन हितायको सर्वोत्तम रूप हो ।

मन-मस्तिष्कको देउरालीमा एकनास आइरहने/गइरहने तर्कनाहरूका तरेलीबीच एउटा प्रश्न उठ्छ, अनि त्यो प्रश्नले विचारको ढोका ढक्ढक्याउँछ र सोध्छ, के चामल र चमेलीबीच कुनै तुलना हुन सक्छ ? भए तापनि कसरी पो हुन सक्ला ? उसै पनि यी दुईमा पहिलो अक्षर ‘च’ र सेतो रंगबाहेक समानता नै के छ र ? अन्यथा यी दुई त एकअर्कासित ठ्याम्मै नमिल्ने- न रूपमा न त सारमा, न आकारमा न त प्रकारमा, अझ नदीका दुई किनारासरह पो भान हुन्छन् । किनभने, अन्न हो चामल र फूल हो चमेली । जीवन प्रदायक हो चामल र आनन्द प्रदायक हो चमेली । ठोस आहारको प्रतीक हो चामल, कोमलता र तरलताको प्रतीक हो चमेली । उदरस्थ हुन्छ चामल, जगरस्थ हुन्छ चमेली । तन र जिभ्रोको अनुभव हो चामल, नाक र नयनको अनुभूति हो चमेली । होमोसेपियन्ससमेत सबै प्राणीका लागि चमत्कार हो चामल, सारा प्रकृति र समस्त चराचरका लागि वरदान हो चमेली । अक्षताको रूप धारण गरेर ललाटमा टाँसिन्छ चामल, सुन्दरताको प्रतीक बनी चुल्ठोमा सिउरन्िछ अथवा हार बनी गलामा झुन्डिन्छ चमेली । जीवनको आधार र जनजिन्दगानीको सम्बल हो चामल, सृष्टिको बहार हो चमेली । मानिस सृष्टिको श्रेष्ठतम् सिर्जना हो, शस्य श्यामल सुन्दर रचना हो चमेली ।

त्यसो त, चामलको महिमा अपरम्पार छ । यसले धानको आवरण ओढेको हुन्छ । धान चामल बस्ने ओढार हो, चामलको घर हो र चामलको प्राकृतिक निवासस्थान हो । चामलबेगर धानको अस्ितत्व हुँदैन । चामलबिनाको धान धान रहँदैन, भूसमा परण्िात हुन पुग्छ । भूस न खाद्यान्न हो, न सौन्दर्य प्रदायक । त्यसकारण चामल छ त धान छ, धान छ त सृष्टि सरतिा पनि । यसै सृष्टि सरतिामा सुवासित छ चमेली पनि…।

कहिलेकाहीँ लाग्छ, चामल नहुँदो हो त कनिका कसरी बन्थ्यो होला र ? अनि, कनिका नभएको अवस्था हुन्थ्यो भने संसारका सर्वाधिक पुराना ग्रन्थहरूमध्येको एक महाभारत र त्यसको पनि सायद अत्यन्तै मार्मिक सन्दर्भ कृष्ण-सुदामा भेटको प्रसंग कसरी लेखिन्थ्यो होला ? कृष्ण लीला भइरहने त्यो द्वापर युगमा धान कुट्ने अचेलजस्तो मिलहरू त पक्कै थिएनन् होला तर ओखल अथवा ढिकिच्याउँ गीत गाइरहने ढिकी वा जाँताहरू आदि थिए वा थिएनन् अथवा चामलबाट कनिका कसरी अलग भयो र चरम निर्धन सुदामाको घरमा कनिका पुग्यो ? म यो विषयमा गम्न सक्ने पक्षमा छैन तर कनिका (चामल)को साइनो आधुनिक मानव जीवनको विकास हुनुभन्दा शताब्दियौँपहिले (द्वापर युग) समयदेखि रहेछ भन्ने तथ्यप्रति भने म त्यत्तिकै चनाखो छु ।

कनिकाको प्रसंग यसरी भेटिए पनि मैले चमेलीको त्यस्तो प्रसंग भने फेला पारेको छैन । अँ, बेग्लै कुरा के हो भने महामाया, महाशक्ति, महालक्ष्मी, महाविद्या अधिष्ठात्री आदि देवीहरू र सदाबहार नवयौवना अप्सराहरूको शिर वा चुल्ठोमा सिउरएिको अवस्थामा चमेली अरू फूलहरूसँगै सिउरएिको वर्णन/चित्रण भने सुनेको-पढेको चाहिँ हो । तर पख्नोस्, चमेली भन्नेबित्तिकै अप्सरा र अप्सरा भन्नासाथै अनायास मेनकाको स्मृति भएर आउँछ । मेनका अर्थात् त्यो अप्सरा जसले राजषिर् विश्वामित्रको कठोरतम तपस्या भंग गरििदएकी थिइन्, के ती मेनका विध्वंस र पतनको प्रतीक हुन् ? अर्थात्, के अप्सरा (नारी !) लाई पतन र विध्वंसको प्रतीक बनाइएको हो ? अर्थात्, के नारीलाई पुरुष (यहाँनिर मेनका-विश्वामित्र प्रसंग) स्वार्थका लागि मात्र प्रयोग गरएिको हो र सधैँ यही प्रयोगले निरन्तरता पाउँदै आएको हो ? चमेली महिमाको यो लहरो कहाँबाट सुरु भएर कहाँसम्म पुग्न सक्छ, अनुमानको ठूलै कुलो बनाउन सकिन्छ ।

चामलको सम्बन्ध तनसँग छ, चमेलीको मनसँग । आफूले चाहेका बेला चाहेजति चामल उदरस्थ गर्न पाइरहनुभएको छ भने त्यस्तो बेला चमेली तपाइर्ंका लागि आँखाको सुख हो, कलेजोको ठन्डक हो र हो मनको शीतलता । चामलले भोक मार्छ, पेटको क्षुधा शान्त पार्छ । पापी पेटलाई चैन र विश्राम दिन्छ, प्राणीलाई प्रसन्नता प्रदान गर्छ । भनिएकै पनि छ, कुनै पनि व्यक्ति त्यतिबेलासम्म मात्र प्रसन्न भइरहन सक्छ, जतिबेलासम्म ऊ आफँै प्रसन्न भइरहन मन गररिहन्छ र कसैले पनि उसलाई प्रसन्न भइरहनबाट रोक्न सक्दैन । प्रसन्न भइरहँदासम्म मानिसले सबै कार्य गर्छ, गर्न सक्छ । प्रसन्नताले शरीर स्वस्थ रहन्छ र स्वस्थ शरीरमा नै स्वस्थ मस्तिष्कको बास हुन्छ । स्वस्थ मस्तिष्कले मानिसलाई नयाँनयाँ हाँकहरू पर्गेल्न, नूतन चुनौतीहरू स्वीकार गर्न र देशदेशावर चहार्न हुट्हुट्याउँछ, जसले सम्भावनाहरूका ढोका उघार्दै लान्छ र ती सम्भावनाहरूले प्रगतिका अनेकानेक मार्ग प्रशस्त गर्दै लान्छन् । 

तपाईंसँग उपभोग गर्नका लागि यथेष्ट चामल छ भने चमेलीको महिमा र गरमिा गजबको हुन्छ । चामल र चमेलीको सम्मिश्रणले युक्त तपाईंको भव्य उपस्िथति जुनसुकै ठाउँमा हुन सक्छ र त्यो उपस्िथति जहाँ भए पनि त्यसले चामलकै लागि मात्र पनि त्राहित्राहि पररिहेका दीनहीन र पछि परेकाहरूलाई अझ पछाडि पुर्‍याइदिन्छ । यो बेला चामल सुन बनेको हुन्छ र चमेली सुनमा सुगन्ध । र, सुन पनि सुगन्ध पनि हम्मेसी सबैलाई एकसाथ प्राप्त भएको छैन, सायद हुन पनि सक्दैन ।

त्यसो त चामल पनि चमेली पनि कति सरल शब्दहरू छन् ! वास्तवमा हामी ठूलठूला र गह्रौँ शब्दहरूका पछाडि लाग्नै पर्दैन, प्रभावित भइरहनै पर्दैन किनभने त्यस्ता शब्दहरू अक्सर सानासाना कुराहरूका लागि प्रयोग गरएिका हुन्छन् । तर, ठूलठूला कुराहरूको नाम लिनुपर्दा अक्सर सानासाना शब्दहरू प्रयोगमा आएका हुन्छन्, जस्तो- जीवन-मरण, भोक-तिर्खा, तातो-चिसो, गर्व-मित्र, आनन्द-भय, रात-दिन, दया-ज्ञान, आशा-प्रेम, प्राण-ईश्वर आदि, आदि । यति मात्र कहाँ हो र ! विश्वमा ठूलठूला काम गर्नेहरू, धेरै असल गरेर देखाउनेहरू पनि पहिले सानै हुन्छन्, जनता जनार्दनको जानकारीमा अज्ञात हुन्छन्, कसैले चिनेका हुँदैनन् । उनीहरूले काम गर्छन्, काम गरसिकेर पो उनीहरू ठूला हुन्छन्, कर्तव्य पूरा गरसिकेर पो महान् कहलिन्छन् । उनीहरूले ठूला भएकैले काम फत्ते गरेको होइन, काम गरेर देखाइदिए, त्यसकारण उनीहरू ठूला भए, स्मरणीय भए । लेखेर लक्ष्मीप्रसाद देवकोटा महाकवि भए, लेखनाथ पौडेल कविशिरोमणि भए, भूपी शेरचन सदाबहार कवि भए, माधव घिमिरे राष्ट्रकवि भए, शंकर लामिछाने निबन्धका अद्वितीय हस्ती बने, त्यसैगरी बलभद्र कुँवर, अमरसिंह, भीमसेन थापा आदिहरूसमेत तमाम उदाहरण छन्, जसले ठूला परविारमा जन्मेर ठूलो भएकैले केही गरेका होइनन्, बरु आफैँले केही गरेर देखाएको हुनाले ठूला भएका हुन्, विख्यात भएका हुन्, अमर भएका हुन् ।

चामल समाज विकासको प्रत्यक्ष सहयात्री हो, समानान्तर सोपान हो । यसको सम्बन्ध भोकवादसित पनि छ र भोगवादसँग पनि उत्तिकै छ । भोकवादले लडाइँ-झगडा, लुटपाट र अन्य असामाजिक प्रवृत्तितिर डोर्‍याउँछ । भोगवादले शोषण, उत्पीडन, अन्याय र अत्याचारको संस्कृति विस्तार गर्छ । विश्वमा आदिमकालदेखि नै यही भोकवाद र भोगवादको लडाइँ चल्दै आएको छ । थाहा छैन, यो कहिलेसम्म चलिरहनेछ ।

मानिस चामलकै लागि भनेर मात्र त मर्ने-बाँच्ने गर्दैन तसर्थ ‘चामल-मानव’को परकिल्पना गर्नु मनासिब ठहर्दैन । तर, साँचो कुरा के हो भने चामलकै लागि विश्वमा धेरैपटक युद्ध भएका छन्, असंख्य लडाइँहरू लडिएका छन्, काटमारहरू भएका छन् । (यहाँनिर चामलको ठाउँमा गहुँ भन्न सकिन्छ अथवा जौ, फापर, कोदो, आलु, मकै या यस्तै अन्य कुनै पनि त्यस्तो अन्न जुन ठाउँ विशेषमा उपलब्ध हुन सक्छ) । समाजमा हुने अनेकौँ चोरी, डकैती, लुटपाट र असंख्य एवं अकल्पनीय अपराधहरूको मूलकारण यही चामल हो, चामल-प्राप्तिको आशापूर्ण हठ हो । अरू जुनसुकै आवरणमा अपराध भए पनि त्यसको गुदी कारण उही सारंगी पेट हो अर्थात् येनकेन प्रकारेण उही चामलको जोहो । पेटमा जतिबेला भोकको ज्वाला दन्किन्छ, मानिस चामलका लागि त्यति नै छटपटिन्छ । भोको पेटले भजन गाइँदैन, गाउन सकिँदैन । भोको पेटलाई चामल चाहिन्छ, चमेली होइन । (पुनः यहाँनिर, चमेलीको सट्टा गुलाफ भन्न सकिन्छ अथवा गुराँस, बेली, सयपत्री, सुनगाभा, मखमली, कमल, रातरानी या अन्य फूल जुन ठाउँविशेषमा उपलब्ध हुनसक्छ) । चामलबिना पेट सारंगी बन्छ, त्यसलाई चमेलीको मगमग बासनाले भर्दैन । भोको पेट अर्थात् पापी पेट । भोको पेटसितको मानिसले के नै पो नयाँ सोच्न सक्छ र ? उसको सारा ध्यान त रत्तिो पेटतिर एकोहोरएिको हुन्छ । भोकको आगो शान्त पार्न ऊ जे पनि गर्न तयार हुन्छ, परश्रिम गरेर पाए ठीकै छ, क्रय शक्ति भए समस्या नै रहेन, क्रय शक्तिको अभाव छ भने त भोको मानिसले के सम्म गर्न बाँकी राख्दैन र ? वुभुक्षितं किं न करोती पापम्…।

चामलको प्राप्ति प्रमुख हो, चमेलीको प्राप्ति गौण । चामल मनुष्यको हरपलको साथी हो, हर वय, हर उमेरको दौतरी हो । बिरामी वा सामान्य, स्वस्थ वा अस्वस्थ, केटौले वा बुढ्यौली सबै उमेर समूहमा चामल उत्तिकै लोकपि्रय र उत्तिकै मान्य छ । तर, चमेलीको महत्त्व मानिसको तरुणाइमा सर्वाधिक हुन्छ, यही बेला त हो जतिखेर सुन्दरताको अथाह चाहना र मोह हुन्छ, प्रत्येक कुरामा कुनै खास किसिमको रहरालु आकर्षण व्याप्त प्रतीत हुन्छ । बालापनमा त चमेली अरू कुनै पनि सामान्य फूलसरह फगत एउटा फूल मात्र हो, पत्रपत्र च्यात्यो र एकेक गर्दै मिल्क्याइदियो । बुढ्यौलीमा चमेलीले खासगरी तरुणाइका दिनहरूको झझल्को दिलाउँछ र खस्रा-मसिना पलहरूको सम्झना आलो गराइदिन्छ, सिनेमाहरूमा फ्ल्यासब्याक देखाइएजस्तै ।

खासमा, चामल पनि चमेली पनि प्रकृतिका अत्युत्तम सौगात हुन् मानव मात्रका लागि । यी दुई अलग कुरा हुन्, त्यसैले दुवैको प्रयोग पनि पृथक्पृथक् प्रयोजनका लागि हुन्छ । चामल अपेक्षाकृत लामो समयसम्म प्रयोगयोग्य रहन्छ, यसको दाँजोमा चमेलीको आयु छोटो हुन्छ । तापनि, प्रकृतिका अगाडि दुवै समान छन्- धानका लहलहाउँदा बालाको मनमोहकता र लटरम्मै फूलेको मगमग सुवासित चमेलीको सुन्दरता जस्तोसुकै अवस्थामा पनि तनमनका लागि ठूलो त्राण हो, दीर्घजीवनको सञ्जीवनी प्राण हो । (प्रकृतिसामु पूजा सामग्रीका रूपमा पनि यी दुवै समान छन्) । तसर्थ, प्रकृति निरन्तर भनिरहेको हुन्छ- धराबासीहरूलाई चामल पनि चाहिन्छ र चमेली पनि चाहिन्छ । पाँच इन्दि्रयले बनेको मानव शरीरलाई एउटा मात्र इन्दि्रयको परपिूर्तिले प्रकृतिप्रदत्त सन्तुलन कायम रहन सक्दैन । यसर्थ, आवश्यकता चामल र चमेलीको संगम हो, दुवैको समान प्राप्ति हो अर्थात् जसले गर्दा सबै इन्दि्रय (भोक, बासना, दृष्टि, श्रवण र स्पर्श)हरूले समान सन्तुष्टि पाउन सकून् । यसो हुन सक्दा मात्र जीवन र जगत् सुवासित हुन्छन्, स्वस्थ हुन्छन् र सुन्दर पनि ।

नेपाल साप्ताहिक ३६८

Leave a Reply

Your email address will not be published. Required fields are marked *