Skip to content

तिमीसित बोल्नुको मज्जा अर्कै छ

  • by


तिमीसित बोल्नुको मज्जा अर्कै छ
तिमीलाइ रोज्नुको मज्जा अर्कै छ

सधै बिर्स्यौ भन्छौ तिमीले मलाई
तिमी सम्झी घोत्लनुको मज्जा अर्कै छ

थाहा छ तिमी कसैलाई पनि गन्दिनौ
खतरा त्यो मोल्नुको मज्जा अर्कै छ

घर ठूलो, न त बारी ठूलो, ती सबै
तिम्रो लागी छोड्नुको मज्जा अर्कै छ

मनमा कुरा लुकाई बस्नु भन्दा
तिमीलाई खोज्नुको मज्जा अर्कै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *