Skip to content

मौन टेलिफोनमाथि लेखिएको कविता

  • by

मौनव्रत लिन बाध्य मेरो टेलिफोन

निःशब्द छ र छ अशान्त पनि,

रिसले होस हराएको लाटो मान्छेले झै“

मलाई चिथोर्न खोज्छ

मभन्दा निर्धो छ, सक्दैन,

मनभित्रको हाहाकारलाई

घा“टीमै दबाएर

अस्फुट स्वरमा रोइरहेकी

बलात्कृत किशोरीझै“

शब्दहीन झोक्राइरहन्छ ।

स्मृतिका गल्लीहरूमा पुगेर

खोज्न चाहन्छ मेरो मृत टेलिफोन

जीवनको त्यो तीखो सङ्गीतलाई,

जो उसको हृदयबाट उठेर

वातावरणमा झङ्कृत भइरहन्थ्यो,

उसको आत्माको कोषागारमा भेटिने

प्रेमको उछ्वास,

विरह वेदनाका विरसिला गीतहरू,

व्रि्रोहको पहरामा फुल्ने आदिम फूल,

र, तेजिला विचारहरूको न्यानो रापलाई पनि

ऊ फेरि एकपल्ट अनुभव गर्न चाहन्छ ।

मतिर उसले फ्या“क्ने गरेको तीखो दृष्टिमा

उसको त्यही आग्रह मुखरित भएको छ

म भने मेरो टेलिफोनको

निभ्दै गएको नाडी र

धमिलि“दै गएको मुटुको ढुकढुकीबाट

अत्तालिएको छु र

आफै“ पनि लाटि“दै जान थालेको छु ।

वरिपरि हर्ेर्छर्ुुाणीहीन टेलिफोनस“ग

आ“खा जुधाउन सक्दिन

बासी विचारहरूको सडान्ध लास बोकेर

म निरुद्देश्य भौ“तारिइरहन्छु

मौनव्रत लिन बाध्य मेरो टेलिफोन

मलाई देखेर अन्तिमपटक अलिकति हा“स्दछ

र सधै“का लागि चकमन्नताको भुमरीमा हराउ“छ ।

नेपाल साप्ताहिक
अंक १३०

Leave a Reply

Your email address will not be published. Required fields are marked *