तिमी समस्याको झटारोले मलाई हान,
म समाधानको बाटो रोजिदिन्छु
तिमी आँशुको कारण म मा पोख,
म मुस्कानको बहाना खोजिदिन्छु
तिम्रो खुशी भन्दा पर मैले
गन्तव्य नै आफ्नो पाएको छैन
त्यहाँसम्म पुग्दा आउने
समुद्र सारा सोशिदिन्छु
तिमी आँशुको कारण म मा पोख,
म मुस्कानको बहाना खोजिदिन्छु
मलाई भन्न पो डरायौ कि,
वा लाज मानी नबोलेकी?
तिम्रो मेरो छुट्टाउने,
संकोचको सिमाना तोडिदिन्छु
तिमी आँशुको कारण म मा पोख,
म मुस्कानको बहाना खोजिदिन्छु
माया सारै मलाई गरी
नदुखाउन पो खोज्यौ कतै
तिम्रो दु:ख नसहने
मेरा सुख नोछिदिन्छु
तिमी आँशुको कारण म मा पोख,
म मुस्कानको बहाना खोजिदिन्छु
तिम्रो कारण बल्ल बुझें
रैछौ मलाई घुर्काएको
तरिका पुरानो भयो काली
पख नयाँ खोजिदिन्छु
तिमी आँशुको कारण म मा पोख,
म मुस्कानको बहाना खोजिदिन्छु

dami lover sir dami
dami lover sir dami