Skip to content

सबै मिली पाइला चाल्नुपर्छ देशका लागि


सबै मिली पाइला चाल्नुपर्छ देशका लागि
एउटा नौलो यात्रा थाल्नुपर्छ देशका लागि

यही माटोमा सधैं रमाउनुपर्छ हामी
विगतका पीडा गाल्नुपर्छ देशका लागि

आफ्नो मात्र भुँडी भर्नुपर्छ भन्न छोडी
लोभ लभलच जम्मै फाल्नुपर्छ देशका लागि

बिकट गाउँ सबै सुगम बनाउन त
एउटा नयाँ ज्योति बाल्नुपर्छ देशका लागि

मुली हुन घरका राजनीति गर्नेहरु
लालाबाला सम्झी पाल्नुपर्छ देशका लागि

छियाछिया भई च्यातिएको छ भूमि हाम्रो
एकजुट भएर नै टाल्नुपर्छ देशका लागि

– सिताराम आचार्य ‘सागर’
– बनेपा, काभ्रे

Leave a Reply

Your email address will not be published. Required fields are marked *