नसोध मलाई मायाभित्र फूल हुन्छ कि भनेर
कलेजीमा फुल्यो फूल त्यो
कुन विधिले चुँडाइदियो
टाढैबाट नियाली हेरें
आशा लिई सास फेरें
नसोध मलाई मुटुभरि शूल हुन्छ कि भनेर
अँजुलीमा फूल लिएर आउँ
आँसुको उपहार पिएर जाउँ
इन्द्रेनी छरिदियौ यो दिलमा
दुई मुटुको एउटै मिलनमा
नखोज मलाई जुनीभर भूल हुन्छ कि भनेर
चरी नाच्छे डाली-डालीमा
तिमी उज्यालो घामको लालीमा
हात छोइदेऊ मण्डपमा बसेर
मन धोइदेऊ यो दिल गाँसेर
नसोध मलाई मायाभित्र तुल हुन्छ कि भनेर ।
