Skip to content


जिन्दगीको मौसम रहँदै खन खन दिलको खेत
बाँझो नहोस् पानी पर्दै चेतन जल शुद्ध सफेद

अनन्त ठूलो सागरबाट घुमी घुमी मौसम आयो
खूब फुल्दछ दिलको माटो वर्षाले गान सुनायो
इन्द्रिय गोरू शरीर हलोमा बाँधी बाँधी खन खन खेत
बिउ छन् जगमा कर्म हजारौं रोप फुलाऊ लह लह खेत

जिन्दगीको मौसम रहँदै खन खन रोप फुलाऊ
पर्खन्न कसैलाई काल निठुरी हाय यसै ननिदाऊ
रोप रोप सब बिउहरू अहिले; अन्न फलोस् पछिलाई
नरुनु पछाडि आउँछन् जहिले हिउँद कडा तिमीलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *