हिजो मैले बोलाउदा नआएकी तिमी
आज भने नबोलाई किन आएकी तिमी
आउछु भन्यौ पर्खाइ राख्यौ आधारातसम्म
बिर्सिएर हो कि सानु नभ्याएकी तिमी
पिरतीले मुटुभित्र कता कता छुदा
आउने मन हुँदाहुँदै नपाएकी तिमी
मीठा बात दुई मुटुका साटा साट गर्न
सम्झिएर बोलाएथें किन नपत्याएकी तिमी ,
लखनपुर ३ झापा,नेपाल
