Skip to content

कस्तो पत्र लेख्यौ प्रिय


कस्तो पत्र लेख्यौ प्रिय, आँखा थाले रसाउन
न त सकें’ सँगै बस्न, न त सकें कमाउन!

बाबा भन्दै “सानी” छोरी, कत्ति रहर गर्दी होली
चिं मुसी खेल्न अनि, हातका औंला समाउन!!

दिन्न बिदा मालिकले, फर्कनलाई घर पनि
नसक्ने भै’ बाबा, आमा, तिमीसँग रमाउन!!!

दु:खीलाई दु:खमाथि, दु:खै दु:ख हरे दैव
सक्दिन कि जिउँदो शरीर, तिमीलाई थमाउन!!!!
न त सके’ सँगै बस्न, न त सके कमाउन!
कस्तो पत्र लेख्यौ प्रिय, आँखा थाले रसाउन……,

Bishworaj Neupane,
Hetauda – 03, Devipath.

Leave a Reply

Your email address will not be published. Required fields are marked *