मेरो कुरा सुन अब यतै डेरा सर सानु
कति मैले त्यता धाउनु केही त बिचार गर सानु
संगै बाच्ने संगै मर्ने बाचा कसम खाएपछि
सुमसान जीवन बाँचेको छु आइ खुशी भर सानु
प्रेमको बिरुवा रोपेका छौ गोढमेल गर्नुपर्छ
वारिपारि कति बस्नु आजै यता तर सानु
दुनियाँलाई थाहा भयो साटेको यो मन मुटु
पक्कै एक हुनु पर्छ नत्र छैन धर सानु
तिमी आउने स्वागतमा फुलेका छन् फूलहरू
कोठा चोठा झ्याल ढोका हाँसेको छ घर सानु
लखनपुर् ३ झापा ,नेपाल
हाल;बहराइन्

Sweet Gajal. Keep it up.
मेरो
Sweet Gajal. Keep it up.
मेरो कुरा सुन अब यतै डेरा सर सानु
कति मैले त्यता धाउनु केही त बिचार गर सानु
सुन्नु छैन कुरा तिम्रो
सुन्नु छैन कुरा तिम्रो अर्कैकी म भइ सके
जन्म घर छोडी मैले कर्म घर गईसके
झुठो कसम खायो तिमले मन मा अर्कै राखी
तिम्रो लागि सयौ चोटि तद्पिएर रोइसके
तिम्रो प्रेमको रिरुवा लाई तिमी आफै गोड्मेल गर्नु
तिम्रो प्रेम यो मन बाट सधैं को लागि धोइ सके
दुनियाँको के कुरा र आफ्नु मनै नभए पछि
तिमलाई साथ दिन्न भनि देउराली छोइसके
फुल फुलाई घर सजाइ मलाई रुआउने सुर नगर
तिम्रो त्यो आँखा बाट अन्तिम पटक चोइ सके
तीर्थजी, आजकाल तपाईंका गजलहरू
तीर्थजी, आजकाल तपाईंका गजलहरू अलि बढी सटिक र गहकिला हुँदै गैरहेका छन्; लेख्दै जानुहोला।
गजल तिर्थ (यात्री
गजल तिर्थ (यात्री )पौडेल
देखावटी कुरा गर्छौ दिलमा मलाई बसालेर
के पाउछौ भन् सानु खाली मलाइ पखालेर
अस्ति मात्र भेट हुदा चौतारीमा दुइ मुटु
साटासाट गर्या भुल्यौ मनमा केहि नराखेर
झुटो कसम खाकोभन्छौ देउरालीमा तिमि सित
सगै कसम खाको होइन फुल पति चडाएर
सम्मालेको फुल बारी बगैचा र यो मन पनि
ठुला कुरा किन गर्छु भित्रि आत्मा रुवाएर
सोधी हेर त्यो दिललाई मन मन्दिरमा कुन देवता छ
तिम्रो घर बिग्रेला है मन मलाइ बुझाएर