दु:खमा फुल्छ यौवन दु:खमै फल्छ जीवन
दु:खनै कर्म हो हेर बन्छ सार्थक जीवन
दु:ख त्याग भयो भने फुल्ने छैन जीवन यो
शिखर चुम्न सफलताको लिनु पर्छ भिजन
आपदमा साथ दिने सच्चा मित्र हुन्छन हेर
सुख त नि पाहुना हो त्यो त क्षणिक सिजन
लोभले लाभ अनि विलापको बाटो हुदै
बर्बादीको खाडलमा जाकी दिन्छ यो जीवन
