फुलको थुंगा म टिपी हान्छु
नरिसाई मुस्कुराउदै तिमि लजाउनु है
त्यो मुस्कानमा म बिहोस हुन पनि सक्छ
सुटुक्क तिम्रो दिल भित्र राखी जचाउनु है !
भो भो मलाई चाहिन्न आकाशको जुन तारा
तिम्रो मुस्कान भए हुन्छ
झनक्क झर्केर फरक्क फर्केर नहेर्नु नि फेरी
मुटु भकानेरा यो मन रुन्छ !!
जुनकिरी बनि म आउछु राती
तिम्रो झ्याल खुल्ला छाड्नु है
खसक खुसुक्क आवाज थाहा पाउला बाले
कालो बिरालो हो भने ढाट्नु है !
नभए तिमी बिहानी पाखा आउनु नि ल
पिपलको बोड मुनि
त्योई पिपल्लाई राखेर साछी
लगाउला माया जुनी जुनी………
राजेश रुम्बा लामा
दोहा कतार
Reasonlama_rumba@yahoo.com
