Skip to content

गीत

बीच बाटैमा मै मरे भने
हाशी हाशी छितिज चुम्नु
बिछोडिएर मै रुए भने
पराइ संग तिमी झुम्नु
आखिर हाम्रो सन्सार छुटै भो
तिमीले खाको कसम नि झुटै भो ………….

खुशी हुनु सुखी हुनु तिमी
यही मेरी चहाना
हरेक पाइला सफलता होस्
यही मेरो कामना
आखिर हाम्रो बाटो बेक्लै भो
जाँगर तर्नु पर्दा नि एक्लै भो …………..

जिउनु तिमी हाशी खुशी
हुनु तिमि सुखी
बरु मै मरी देउला दुखैमा
नहुनु तिमी कहिले दुखि
आखिर तिमी धनकै पछी भो
यस्तै रहिछ यो सन्सार दिन दुखीको
आखिर तिमी धनकै पछी भो
मेरो माया तिमीलाई कची भो …..

राजेश रुम्बा लामा
दोहा कतार
Reasonlama_rumba@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *