Skip to content

खै के सोचिन उनले त्यो पल हेरिरहिन एकोहोरो
हातमा खाली पाना थियो केरिरहिन एकोहोरो

संगै जीउने बाचा संगै सुम्पिदैथें केहि कुरा
बुझ्दै थिइन् या नबुझेरै टेरिरहिन एकोहोरो

उनको मौन स्वीकृतिमा कैद गर्न खोज्दै मलाई
डुलाउदै नजर उनले घेरिरहिन एकोहोरो

त्याग थियो,समर्पण थ्यो सायद सोचिन भबिस्य नि
यस्तो लाग्थ्यो अंगालोमा बेरिरहिन एकोहोरो

सायद छुट्टै पहिचान दिने विचार थिए उनमा पनि
हत्यारा हुँ भन्दै तिनलाई सेरिरहिन एकोहोरो

निर्मला थापा

4 thoughts on “गजल”

  1. तिर्थ(यात्री)पौडेल
    गजल

    तिर्थ(यात्री)पौडेल
    गजल
    तिमि आउदा जीवनका रंगिन पल सोची रहे
    हरियाली मधुमासका संगिन पल सोची रहे ,

    खालि पाना मेरो हातको तिम्रो नामले भरि दिदै
    तिम्रै नाम जपीकन सुदिन पल सोची रहे ,

    संगै जिउने बाचा कसम अनि तिम्रो न्यानो स्पर्श
    एक हुने कल्पनामा नबिन पल सोची रहे ,

    मेरो मन मन्दिरमा तिम्रै तस्बिर कैद गरि
    तिमिलाइ नै हात दिन कन्चन पल सोची रहे ,

    मेरो पहिचान तिमि संगै जोदिएछ्न बिचारहरु
    तिमि बिना सक्छु जिउन?एकिन पल सोची रहे ,
    लखनपुर ३,झापा,नेपाल,
    हाल;बहराइन,

  2. सायद छुट्टै पहिचान दिने विचार
    सायद छुट्टै पहिचान दिने विचार थिए उनमा पनि
    हत्यारा हुँ भन्दै तिनलाई सेरिरहिन एकोहोरो

    wah wah wah gahirai chha yaha

    Bimal
    K S A

  3. NIrmala ji
    hajur mahila

    NIrmala ji
    hajur mahila dherai rachan purus bes ma chhan ???? huna ta sahitya aaphaima apar chha , yasko cheu tuppo, sima , sajib ra nirjib hunna tai pani hajam huna sakena ni ??????

    bimal

  4. निर्मलाजी गजल साह्रै राम्रो
    निर्मलाजी गजल साह्रै राम्रो लाग्यो

    प्रेम बाबु
    गजल
    एकोहोरो टोलाइ रहे आउछौकी भनेर
    खाली पानामा प्रेम रचे गाउछौकी भनेर

    टेरि रहे तिम्रा कुरा बिकल्प केहिथिएन
    मसगै माया तिमीले लाउछौकी भनेर

    मौन रही कैद गरे दुई आखामा तिमीलाई
    डरचाही थियो मलाई तिमी कराउछौकी भनेर

    भबिश्यत सोच्नै पर्‍यो नत्र बर्बाद भइगइन्छनी
    त्याग सगै समर्पण गरे कतै तिमी अघाउछौकी भनेर

    आखिरिमा थाहा पाए मलाई छोडी जाने कुरा
    घाटी रेट्नै तयार भए अरु सगै धाउछौकी भनेर
    हाल दुबइ
    premqn.2007@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *