Skip to content


अजिङ्गर र असफल राष्ट्र
पर्ूवको भयालबाट हावा हल्ला गर्दै भित्र पस्छ
झुन्ड्याइएका लुगाहरूसग
ठक्कर खादै, हल्लाउदै,
भुन्ड्याइएका थालहरू बजाउदै,
चर्टाई, फलैचा र दरीहरू पल्टाउदै,
र, कोठाभरि छरिन्छ ।
पर्ूवको भयालबाट हावा हल्ला गर्दै भित्र पस्छ ।
आङभरि जोडले बज्जारिएर, टुक्रा-टुक्रा हुदै,
चिसो हुदै हात, खुट्टा, टाउको, कान
आखाहरू र जीउहरू थरथरी कपाउदै
पर्ूवको हावा पर्ूवको भयालबाट भित्र पस्छ
हामीहरू जसलाई
सुतिरहेर हावामा हल्लिरहने बानी छ
ओल्टोकोल्टो पर्दै आङहरू कन्याउदै
आङहरू सुकाउदै- हावाहरूमा,
गफहरू बिसाउदै- हावाहरूमा ।
हाम्रो सानो आवाज हावासगै थरथरी काम्छ
विस्तारै परसम्म पुग्दैन हावासग
उम्मिएको पर्खाललाई नाघेर स्वतन्त्र हुन
यो मुलुकी कारागार हामीभित्रको कोठा
लामो उत्तानो लम्पसार परेको कोठा,
यो अजिङ्गरको पेटजस्तो कोठा
यसभित्र हामी पाकिरहेका छा“ै,
धेरै वर्षरूदेखि
यसले खाएर, आकृतिविहीन बनाएर
धेरै वर्षरूदेखि, अनन्त वर्षरूदेखि
मानिसलाई बाहिर ओक्लिदिन्छ
सपनाहरू चुसेर, आकृतिविहीन, सपनाविहीन,
फाटेको जीवन ओढेको
प्रयोजनहीन, जो केही दिन मात्र बाच्छ
तिनीहरू -हामीहरू, कामेका खुट्टामा चढेर
र, घुमरी खाएको मगज बोकेर
बाहिर ओक्लिएका छौ,
सर्न्दर्भहीन, अर्थहीन र मूल्यहीन
संसार असम्बन्धित समुद्रमा ।
जहाज छैन, मस्तूल छैन, पाल छैन,
सबै च्यातिएर ध्वस्तध्वस्त छ,
च्यातिएर धुजाधुजा- चकनाचूर छ ।
अब किन यात्रा गर्नु छ –
समुद्रमा केही बाकी दिनहरूमा ।
अब किन यात्रा गर्नुछ –
कोढ लागेर मरेको लहरहरूको समुद्रमा ।
सपनाहरू केही पनि छैनन्
त्यो ठूलो अजिङ्गरको पेटभित्र, सबै पचिसकेको छ ।
खोस्टा मात्र छ रसहीन, ओक्लिएको पेटभित्रबाट,
बाहिर डङ्गुरका डङ्गुर थुपारिएको ।
ओक्लिएका हामीहरू अजिङ्गरको पेटबाट
उत्तरहरूको खोजीमा, मरेको पानीमा हात चोपल्छा“ै ।
हाम्रो हातसम्म बगेर पुग्छ कोढी लहर,
बूढो पानीको थरथर काम्ने लहर ।
घुमरी खाएर, हामी ओक्लिएको डल्लो
आफ्नै ठाउमा थचक्क बस्छौ ।
यो पर्ूवको झ्यालबाट आउने हावाको लहर,
यो पर्खाल नाघेर आउने पर्ूवको हावाको वेग,
यसैगरी आइरहनेछ, यसैगरी बगिरहनेछ ।
तर यसले पलाउ“दैन, यो अजिङ्गरको पेटभित्र,
निलिएको हामीहरूभित्र, पारिजात र गुनकेशरीका फूलहरू,
जुही र लालीगुरासका फूलहरू ।
यसले भ्याउदैन, कुनै पनि मर्ूदा आखाहरूमा
हरियो मुना फक्राउन ।
जीवन ठेकेदारहरूले तौलिएर दिएको
केही मुठी चामल र केही नोटहरूमा बाधिन्छ
र, बाहिरदेखि भित्रसम्म आत्मा कैद हुन्छ
आस्था वृद्ध हुन्छ ।
कसले भन्छ आत्मा स्वतन्त्र हुन्छ भनेर –
कसले भन्छ विचार स्वतन्त्र हुन्छ भनेर –
कसले भन्छ चिन्तनलाई पर्खालले छेक्दैन भनेर –
कसले भन्छ स्वतन्त्रता मनभित्र हुन्छ भनेर –
कृष्ण कारागारभित्र जन्मिएर कारागारभित्र नहर्ुर्किएकोले होला
कृष्ण यस मुलुकमा नजन्मिएकोले होला
यथार्थरहित सिद्धान्त घोषित गर्छन्
आत्मा स्वतन्त्र हुन्छ भनेर, विचार स्वतन्त्र हुन्छ भनेर
चिन्तालाई पर्खालले छेक्दैन भनेर
स्वतन्त्रता मनभित्र हुन्छ भनेर ।
यहा सबै कैदी छन्, सपना पनि कैदी छ कारागारको
कल्पना पनि नेल र सिक्रीले बाधिएको छ ।
भित्रका कुकुरहरूले, भुक्न पनि बिर्सिसके,
भुक्नु पनि रोएकोजस्तो, कराएको पनि रोएकोजस्तो,
हामीले हासेको पनि रोएकोजस्तो ।
यहा बगेर आएको, पानी पनि बन्द हुन्छ,
जेलभित्र पसेको साझ र बिहान पनि बन्दी हुन्छ
जेलभित्रको आकाश पनि बन्दी हुन्छ ।
किन कारागार बनाउछ मानिसले मानिसको निम्ति –
किन असफल हुन्छ राष्ट्र अरूहरूको स्वार्थको निम्ति –
रूखले त रूखभित्र कारागार उमार्दैन –
हावाले त हावाभित्र कारागार उमार्दैन,
तब किन बनाउछ मानिसहरूले –
भित्रभित्रसम्म र बाहिरबाहिरसम्म
कारागार र यातानाका कोठाहरू,
बमहरू, बन्दुकहरू र बारुदहरू
हत्याहरू, हत्याहरू, हत्याहरू ।
किन जन्माउछ मानिसले अजिङ्गर –
किन जन्माउछ मानिसले कालो कानुन र मान्यताहरू –
किन मानिस मानिसको चाकर हुन्छ –
किन मानिस मानिसको गुलाम हुन्छ –
हाम्रो सभ्यता, बूढीआ“ैलाको विकासको सभ्यता,
आऊ, हामी सबै एकलब्य बनौ-
र, आ-आफ्नो आ“ैला काटेर,
आ-आफ्नो अदृश्य र काल्पनिक गुरुहरूलाई, भेटी चढाऔ ।
आऊ, हामी अजिङ्गरले ओक्लिएकाहरू,
अजिङ्गरलाई आफ्नो बा“की शरीर चढाऔ ।
हामी अजिङ्गरको पेटभित्र-
एउटा असफल राष्ट्र, एउटा असफल मानिस हौ,
हामी हामी हैन, अरूअरू हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *