तिम्रो मायाँ चाहिदैन एक्लै यात्रा गर्ने मान्छे
पसिनाले पैसा साटी ओठमा हाँसो छर्ने मान्छे ।
परिश्रम त मेरो लागि सदाबहार जस्तै भयो
फुल्नु छैन कहीं कतै ओईलिएर झर्ने मान्छे ।
अलपत्र पर्नु छैन साथ दिने बाहानामा
हुनु छैन धोकेबाजको रोजाइ मनपर्ने मान्छे ।
संघर्ष यो जीवनमा अनगिन्ती गरिसकेँ
म त त्यस्ती हुँदै होईन दुःखसँग डर्ने मान्छे ।
सिन्दूर मेरो सिउँदोमा भरिदिए नाम मात्रै
त्यही सिन्दूर जोगाउँन सयौं जंघार तर्ने मान्छे ।
तिम्रो मायाँ चाहिंदैन एक्लै यात्रा गर्ने मान्छे
पसिनाले पैसा साटी ओठमा हाँसो छर्ने मान्छे ।
ईन्दिरा कुईकेल
दोहा कतार
