म एक पात्र हुँ
कुनै एक नाटकको
हरेक दुखमा समाहित हुनु
मेरो मुख्य भूमिका हो
ढुख, सुख.हाँसो खुसी रोदन
आरोह अवरोह यी सबै मेरा
भूमिकाभित्रका कथाहरू हुन्
जुन कथाले जहाँ लैजान्छ
त्यहाँसम्म पुग्नु मेरो दायित्व हो
लाक्छ मलाइ यो सिङ्गो संसार नै
एक रंगमंच हो
यहींबाट हरेक नाटकको सुरुवात हुन्छ
अनि नाटककारको नाटक प्रस्फुटन हुन्छ
समय परिस्थिति अनि चुनौती
यी मेरा प्रतिद्वन्दी हुन्
यिनैसंग कडा प्रतिकार गर्दै
लक्क्षयलाई पार गर्नु नै
यस नाटकको मुख्य उदेश्य हो
अनि यो अनन्तसम्म चलिरहन्छ
नायक र भिलेनको भूमिका जस्तै
भिलेन दुख ,पीडा ,परिस्थिति ,समय अनि चुनौती
नायक खुद म एक पात्र हुँ………..।
अम्बिका लिम्बु ”आशिष ”
हाँगुम-१ सिरान टोल पाँचथर
