Skip to content

म पनि त त्यति सारो गरिबी त होइन हौ

तिमीले जसरी धन सम्पतिमा

घमण्डी गर्न नजानेर पो त

म पनि त त्यति सारो सुकुम्बासी त होइन हौ

तिमीले जसरी धन सम्पतीलाइ्र

सबैकुरा नठानेर पो त ।

म्ा पनि त त्यति सारो दु खी त होइन हौ

आफ्नो दुख ब्यथा लुकाएर

देखाउटी हाँस्न नजानेर पो त

म पनि त त्यति सस्तो त होइन हौ

तिमी जस्तै धनको पिछ

स्वाँफ् पार्दै नाच्न नजानेर पो त ॥

म्ा पनि त त्यति सारो लाटो त होइन हौ

तिमीले जसरी धनढ्यालाई

आफ्नो बनाउन नजानेर पो त

म पनि त त्यति सारो नामर्दा त होइन हौ

तिमीले जसरी क्षणिकको लािग

चारै तिर मनाउन नजानेर पो त ।

राजेश रुम्बा लामा

दोहाकतार

reasonlama_rumba@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *