जान्ने बुझ्नेले मात्रै भकारी, भरेको छ यहाँ
इमान्दारी मान्छेहरू भोकै, मरेको छ यहाँ
धनी ठुलाले जस्तै अपराध गरे पनि छुट्छ
गरीब कानुनको धेरामा, परेको छ यहाँ
आखिर जो छिन सीता झै सुशील नारीहरू
उनीहरूको जीवन अस्मिता, हरेको छ यहाँ
मानव मानव भन्न लायक कहा पो छ र ?
जनावरभन्दा तल अब, झरेको छ यहाँ
आफ्नो सानो स्वार्थको उपज मान्छेले हेर
ठुलै काण्ट घात अपराध, गरेको छ यहाँ
खगेन्द्र खिलाफी
पाख्रिबास धनकुटा
हाल दोहा
