Skip to content

मेरो चाँद

पुर्णिमाको मेरो चाँद टुट्यो कसरी
बेदनाको सागरको मुल फुट्यो कसरी

बलेको आगो ताप्छन स्वार्थी मनिसले
रोदन आसु दिई खुशी लुट्यो कसरी

मध्यरात मसान घाट यस्तो दुखी कुरा किन
प्रगती सबको हुँदा त्यो मन छुट्यो कसरी

कस्ले बेर्यो जन्जिरले कोमल त्यो मनलाई
लुकायर राखेको माया उस्ले थुत्यो कसरी

बच्नै पर्छ जिन्दगी यो जती पिडा परेपनी
मायै नगरि निर्दइले कुट्यो कसरी
प्रेम बाबु
premqn.2007@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *