Skip to content


मिलनको घडीलाई पर्खेर बसेका
ती लामा रातहरू
अत्यासपूर्ण अनि थकानयुक्त
ती गोधुली साँझहरू

कठै!ती आमा
दैलो छेउको पिंढीनिर
बसिरहेकी छिन्
नुनिला आँशु बर्षाउँदै
धिमी हुन लागेका नयनहरू
पर क्षितिजसम्म फैंलाउदै…
एक मात्र छोरा
आउँने आशमा !

कति काँचुली फेरे बसन्तले
कति फक्रिए जाई जुहीहरू
उज्याँला छाए होलान्
गाउँ, बेंसी, घर, आँगनमा
तर….
तर अँह
न त कुनै पर्वले आमाको ढोकाढक्ढकायो
न त खुशीयालीको भेल नै आयो

कठै! ती बुढी आमा
दैलो छेउको पिढीनिर
बसिरहेकी छिन्
नुनिला आँशु बर्षाउँदै
धिमी हुन लागेका नयनहरू
पर क्षितिजसम्म फैंलाउदै …
एक मात्र छोरा
आउँने आशमा ।।

-शुस्मा
धरान, सुन्सरी
हाल: सिङगापुर

1 thought on “कठै ती आमा !”

  1. hi susma,
    yo vitri man lai

    hi susma,
    yo vitri man lai nai dhukhi purayo yaha ko sabda haru le .m pani pardesi pare sachai malai pani mero ama ko yaad le satayo tapai ko sabda sanngaiiiiiiiiiiiiiiiiiii .

Leave a Reply

Your email address will not be published. Required fields are marked *