Skip to content

‘रमेश…ए…रमेश…।’

ढकढकको निरन्तर आवाज आउछ । म झसङ्ग हुन्छु र निद्राबाट बिउझन्छु । आङ तन्काउदै सिरक पन्छाउदै ओछानबाट उठ्न खोज्दछु । फेरि पनि उही आवाज आउछ ।

‘रमेश…ए…रमेश…।’

आवाज गोविन्दको । म हडबडाउछु र भन्दछु र ‘आए आए… पख न, के कराइरहेको ?’ उ चुप हुन्छ र मेरो प्रति प्रतीक्षामा शान्त हुन्छ । अनि म गई ढोका उघारिदिन्छु । गोविन्द नै रहेछ । ऊ हडबडाएर कोठा भित्र पस्दछ । ऊ अलि आत्तिएझै अलि हतारिएझै कराउन थाल्छ बित्यासै ‘पर्‍यो र तिमीलाई एका बिहानै दुःखको समाचार सुनाउन आएको ।’ यसरी कराउदै कोठाभित्र अशान्त भएर छटपटाएर बस्छ ।

म उसलाई शान्त भएर प्रश्न गर्दछु- ‘होइन, किन तिमी यसरी आत्तिन्छौ, अलि शान्ति साथ बसेर खुलस्त भन के भयो ? के भयो तिमीलाई ?’ मेरो मानमा पनि चिसो पस्यो उसको चालामाला ढाचा काचा देखेर । ऊ अलि शान्त हुन खोजेर भन्दछ- ‘तालाई थाहा छैन र यार ! शालाकी बहिनी लोचना एक्डिेन्टमा परी ।

‘……….’

‘एक्सिडेन्टमा परेर बिचरी मरिछ ।’

‘कसरी के भएछ हा अनि ?’

‘के हुनु नि, उनको बाबुको सरुवाको क्रममा विराटनगर जाादा-जाादै गाडी एक्सिडेन्ट भएर विचरी मरिन्छ ।’ म एकछिन, अक्क न बक्क भएर टोलाउाछु । अनि विस्तारै कुरा उप्काउाछु- ‘तिमीलाई सानो एउटा दुःख दिऊ भनेर,’ भनेा ‘भन र मैले के गर्नु पर्‍यो ।’ ‘शिलालाई समवेदना पत्र लेखेको छु । साइडमा दुःखभाव झल्कने गरी मेरो मुहारको स्केच गरिदेऊ न है ।’ ‘त्यति सानो कुरालाई पनि दुःख भन्ने र म कोरिदिइहाल्छु नि ।’ उसले लेखेको चिठ्ठीको साइडमा छोडेको खालि ठाउमा गोविन्दको अनुहार मिल्ने गरी दुवै आखाबाट आसु झरिरहेको स्केच कोरिदिए र उनलाई भने- ‘शीलालाई मेरो पनि समवेदना छ भनेर सम्झनास्वरूप लेखिदिनु है ।’

“हुन्छ लेखिदिउला नि भनेर गोविन्द हिड्यो । गोविन्द गयो । गोविन्द गएतिर कोठामा म टोलाएर हेरिरहे र विछ्यौनाको सिरानमुन्तिर भएको चुरोट झिकेर चुरोट सल्काउन थाले । चुरोटको धुवा चक्का गोलोगोलो हुदै शून्यबीच अर्को शून्य बनाउदै महाशून्यमा बिलाउदै गइरहेको थियो । मेरो मानसपटलमा अतीतका सम्झनाहरू चलचित्र झै एक एक दृश्य आइरहेको थियो । शीला हाम्रो क्याम्पस कक्षाकी सहपाठिनी र छात्राहरूमध्यकी जेहेन्दार छात्रा । उनी अलि-अलि जीउडाल ढम्म परेकी । कक्षामा केटीहरूसाग बोल्नपर्‍यो भने म अलि हच्कन्थेा । कसो कसो म भन्दा उमेरले जेठी जस्तो लागेर नै कक्षामा कहिलेकाहीा परिआउादा म उनीसाग बोल्न पर्‍यो भने ‘दिदी’ शब्दको प्रयोग गरिबोल्थेा ।

लोचना शिलाकी बहिनी । ऊ स्कुलमा पढ्ने चञ्चले पाराकी छात्रा थिई । शिला र लोचना दुई दिदी-बहिनी । कहिले काही दुवै देवस्थान गइरहेको बेला बाटामा लोचना भेट्टा दिदी चाहिसाग अलि जिस्कन खोज्थी मुस्कानका साथ अलि मस्की जिस्काउने गर्दथी । अनि उनीहरू बस्ने क्वाटरछेउको बाटो भएर हिड्दा पनि ‘झ्यालबाट केही आवाज दिएझै गरी जिस्कने र मस्कने पनि गर्दथी तर उनीसाग बोलचाल भने हुन सकेको थिएन । जब गोविन्दले भर्खरै ढोका ढकढक्याए र मलाई विउझाएको थियो । तब मैले लोचनाकै सपना देखिरहेको थिए । सपना यस्तो थियो – “भगवतीको ठूलो मन्दिरको पछाडिको आागनमा लोचनाले घ्वाइकासा खेलिरहेकी थिई र खेल्दा खेल्दै ऊ सानी बच्चीबाट बिस्तारै ठूली हुदै गई हेर्दा हेर्दै तरुनी नसकी उत्तेजित भई उसलाई समाउन खोज्दछु । तर ऊ भाग्छे । म उसलाई लखेत्न थाल्छु । लखेटालखेटमा पहाडको झ्याङ्गे झ्याङ्गे हुदै एउटा कुटी जस्तो, घर जस्तो या भनौ आश्रम जस्तोमा पुगेर लोचना बूढीभई देखापर्दछे र मलाई भन्न थाल्छे- बाबु ! वास माग्न आएको ?’ अनि केही कुरा गर्न थाल्छे । यतिकैमा गोविन्दको आवाजले झसङ्ग भई पो बिउाझन पुग्छु । गोविन्दबाट लोचनाको दुःखद निधनको समाचारले मलाई चोट पर्छ । म चुरोटका धूवाका ती चक्कातिर हेरी म विचारमा मग्न हुन्छु । म धूवाको चक्कामा हाम्रो जीवन चक्र देख्न पुग्छु र लोचनाको वाल्यदेखि बुढ्यौली हुदै मृत्युकालसम्म पुगी जीवन अन्त भएको देख्छु । हिजो राति सुत्नुअगाडि क्यान्भासमा लोचनाई सम्झादै उसको मुहार स्केच गरी रङ्गले पोतेर अधुरै छोडेको थिए । विचारमा मग्न भइरहादा चुरोटको ठुटोले, त्यो क्यानभासमा पोतेको लोचनाको अधुरै रहेको प्रोट्रेट -मुहारचित्र) जलिरहेको । हत्तनपत्त त्यो जलेको क्यानभास निभाउन पुग्दछु तर प्रयास निरर्थक हुन्छ । क्यानभास जलेर खरानी भइसकेको थियो ।

तर…तर… यो खरानी । अर्थात मात्र फगत खरानी । वस्तुहरूको अन्तिम अवस्था खरानी । त्यसपछि उसको कुनै रूप परिवर्तन हुदैन । खरानीको रङ्ग उड्न सक्दैन । यो सुखा भई हराउदै र यो कुहुदै पनि खरानी सधै भरि खरानी नै रहिरहन्छ । यही सत्य हो । सत्यमा नै शिव हो । शिव नै सुन्दर हो । लाग्छ मलाई शिवले कामदेवलाई भस्म गरी खरानीको थुप्रो बनाएझै लोचनाको पछि दुगुर्ने मेरो मनको चञ्चलता पनि भस्म भइरहेछ । यसैले होला – आध्यात्मिक दृष्टिमा खरानी बहुमूल्य द्रव्यभई विभूति भएको । लाग्छ-खरानी र धुवााका गोला हराइसकेका छन् । अब काम बासना विषय भोगको इच्छा र तृष्णा र तृष्णा पनि त्यसरी नै हराइसकेको छ । अनित्यको ज्ञान शून्य, इन्दि्रय दुःखको ज्ञान शून्य, प्रज्ञाज्ञानले पोल्टामै भरिदियो महाशून्य ।

शून्य शून्य महाशून्य ,।

शून्य शून्यले भरियो मेरो पोल्टो ।।

1 thought on “जलेको क्यानभास”

Leave a Reply

Your email address will not be published. Required fields are marked *