सहरबाट हैन यौटा कुनाबाट आउछौ हामी
राजनीतिको फुलबारी छेउबाट धाउछौ हामी ।
राजा अनि राजसंस्थालाई दिनुसम्मका शेष गाली
शुद्धरूपमा गणतन्त्रको शान्ति गीत गाउछौ हामी ।
शैयाबाट ‘राजगुरु’ टाउको उठाइ हेर्छौ हेर
जनवादी फूल रोपी मलजल लाउछौ हामी ।
नया नेपाल, नया जीवन, नया नीति निर्माणमा
वसन्तको बहारजस्तो छन्दोहार पाउछौ हामी ।
कस्तो हुन्छ त्यसपछि अस्तित्व यो देशको अब
जनाधिकार लुट्नेलाई त यसैगरी डाम्छौ हामी ।
-दियाले-९, ओखलढुङ्गा
