चाहनाको बतासले उडाइ लग्यो मनको छाना
जालमा पार्न बुन्छ कोही षड्यन्त्रका तानाबाना ।
पीर, व्यथा आफैँभित्र लुकाएर राख्छु म त
जस्तोसुकै परे पनि खसाउँदिन मोती दाना ।
दुई दिनको जिन्दगीमा चढुँ भन्थे प्यारको नाउँ
कसरी लौ चढ्ने होला नाऊ त र’छन् साना साना ।
कति टर्रो कति तीतो खाऊँ पनि म कसरी खाउँ
तिमी समीप भैदिए त हुन्थ्यो होला मीठो खाना ।
‘लीला’ भन्दै आउँछ कोही सुनाउनलाई उही कुरा
भरिएछ, खालि छैन एउटा पनि मनको पाना ।
कर्मैया, सर्लाही
युवामञ्च २०६८ असोज
