Skip to content

मानव प्रकृति

  • by


मेरो गारुउको माझमा
एउटा पुरानो मन्दिर थियो
मन्दिरभित्र गाउँलेको
आस्थाको एक भगवान थियो …।१॥

एक बैरागी आफ्नै धूनमा
गाउँथ्यो हरदम एउटै राग
जल्ले हान्यो तेल्ले जान्यो
बाँकी सब हुन फिजूल बात॥२॥

जसको शक्ति उसैको भक्ति
नपत्याए हेर मानव इतिहास
रामायणको ठाउँमा रावणायण
छैन किन चुरो त्यही खास ॥ रु॥३॥

कैंयौ झरी कैंयौ हुरी
हिंउदका कैयन चीसा रात ।
छानो उही भित्तो उही
पुजारी गर्थे एउटै बात …।४॥

घण्ट बज्थे धूप बल्थे
पूजा आरती दिन रात
भक्तजनको लामो ताँती
हरपल उत्साह नया साथ …।५॥

एक बिहान त्यही मन्दिर
कुनै दम्भीले भत्कायो
नव प्रतिमा थापन गरी
आस्थाको भगवान मिल्कायो …।६॥

नया पुजारी नया भगवान
नया नया बिधी पूजनको ।
कमी भएन कमी थिएन
घुइचो अहो भक्तजनको …।७॥

उही बैरागी अझै पनि छ
गाउँछ उसको नित्य पाठ
मन्द मुस्काउँछ वीणा बजाउँछ
गर्छ अझै कुरो त्यही खास …८॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *