आज उसलाई अँध्यारो कोठा प्यारो भएको छ । कता हुन् परिवार कता छन् आफन्त साथी ऊ बेखबर छे र पत्ता लगाउनुको पनि कुनै अर्थ रहँदैन भन्नेमा विश्वस्त छे ।
उसका रहरहरु एकपछि अर्को गर्दै विहानीको शीतको थोपाझैं विलाइ जान्थे । सम्पूर्ण जवानी घृणा डर त्रास शोषणको िबंडो थाम्दैमा बित्यो । त्यस्तो कुनै पनि दिन भएन आराम र शान्तिसित वितेको होस् । कताकता भट्किएका आत्माहरु उसमा समाहित हुन आउँथे र सम्पूर्ण समय खोसेर लान्थे । रात मात्र होइन बिहान अनि मध्यान्हसमेत उसको भएन । नचाहेको पाहुना नचाहेको खाना नचाहेको काम उसको लागि अनिवार्य दैनिकी भएर बित्यो । प्रत्येक रात झपक्कै भएपछि मात्र उसले अपवित्र विछ्यौना पुग्ने मौका पाउँथी । कहिले काहीं बेहुली भएको सपना देख्थी अनि विउँझिदै बलिन्द्रधारा आँशु पोख्दथी । उसको दुलही बन्ने रहर कलिलैमा बन्धकमा परेको थियो, यो समाजको बन्द कोठामा चल्ने अवैध व्यवसायको लागि ।
बच्चामै आमा-बाबु गुमाएकी रोजी रुक्मिणी १३ बर्षकै उमेरमा स्वर्गको भ्रमण गराउने सुखको महासागरमा डुवुल्की मार्ने सपना देखेर शहर पसेकी थिइन् । रोजीको भाग्यमा त्यसै दिनदेखि विषाक्त खिया लाग्न थाल्यो जुन दिन उनकी घरबेटी आमाले उनलाई नारकीय बाटोमा धकेलिन विवश बनाइदिइन् ।
ठूलो घर मोटर नेता व्यापारीसितको उठबस के के सपना देखाइनन् उनकी घरबेटी आमाले रोजीको जीवनमा । सहाराविहीन अनि अभावमा पि_िल्सएकी रोजीको लागि घरबेटी आमाले कोरिदिको सपना भाग्यरेखा साँच्चिकै स्वर्गमै प्रवेश गर्ने मार्ग हो कि भन्ने भान परेको थियो । त्यसैले अँगालिन् घरबेटी आमाबाट प्रशिक्षित धन्दाको बाटो ।
आज भोलि पर्सि गर्दै उनी बेिचंदै गइन् लुिटंदै गइन् । मायाको नाटक गर्ने ब्वाँसाहरु उनलाई चुस्दै थुक्दै गर्ने क्रम निरन्तर भै नै रह्यो । न त एक दिन कोही सपनाको राजकुमार आयो सिन्दुर बोकेर डोली चढाई लैजान न त बन्यो सपनाको महल । आमा बन्ने उनको रहर बिनाविवाह कैयौं भ्रुणहत्यामा पििल्सन पुग्यो । प्रत्येक आगन्तुक उनको सुन्दरताको बर्णन गर्दै कुनै न कुनै कसम खान चुक्दैनथ्यो तर दोहोर्याएर ऊ फेरि आउँदैनथ्यो ।
समयको गतिले उनलाई शहरको प्रचलित नगरबधू बनाइसकेको थियो । प्रहरीको चिसो कुना उनको लागि सामान्य भैसकेको थियो । सडकमा उनी स्वतन्त्र िहंड्न सक्दैनथिन् । नाम-उपनामले चिन्नेहरु खिज्याउने जिस्काउने गर्थे । त्यसले गर्दा उनको मौजुदा मूल्य पनि घट्न पुग्थ्यो । एकदिन घरबेटी आमासित उनले हिसाब मागिन् परिणाममा मनमुटाब हातलाग्यो । उनी छुट्टै कोठा लिएर बस्न थालिन् । आफूजस्तै नगरबधुसित सम्पर्क बढाई उनीस्वयं धन्धा चलाउन थालिन् । नाम चलेका पत्रकार नेता समाजका ठेकेदार भनाउँदाहरु मुख कालो गर्न आउने गर्दथे । अँध्यारो कोठाभित्र नािङ्घएका कैयौं नकाबहरु उनको आँखामा छन् । गोप्य राख्नुपर्ने सामाजिक नियम उनले इमान्दारीसाथ निभाएकी थिइन् । त्यतिमात्र नभै सत्य सेवा सुरक्षणमका ठेकेदारहरुको लागि निःशुल्क सेवा गर्दागर्दै एकदिन अपरिचित सत्य सेवाको चङ्गुलमा फस्न पुगिन् । निशुल्क सेवाको बावजुद अतिरिक्त नजरानाको आपूर्तिमा कमी भएकोमा सदरखोर पुगिन् रोजी । उनले सैयौं आश्वासन दिने र महारानी भन्नेहरु कसैको पनि सहयोग पाइनन् । रोजीलाई यस पटक जिउ बेच्ने मास्ने मुद्दामा सात बर्षको लागि सदरखोरमा राख्ने निर्णय दियो अदालतले ।
रोजीको जीवन “दो दिनकी चाँदनी फिर उही अँधेरी रात”को नियतिमा परिणत भैसकेको छ । उनको जीवनमा न त कुनै दिन माइतिघर अनि तीज आयो न त भइटीका । घरबेटी आमासँगै मनाएको दशैंको उनलाई याद छ । घरबेटी आमाको जेलभन्दा कडा नियमभित्र बाँधिएकी थिइन् उनी कसैसित मनको बह व्यथा पोख्ने मौकासमेत मिल्दैनथ्यो उसलाई ।
सदरखोरमै थाहा भयो उनलाई असाध्य रोगले गाँजिसकेछ । उनले बुझिन् उनको जीवन नर्कमय भैसक्यो । उनी जिउँदै मरिसकिछन् । उनका सपना सिसाझैं टुक्राटुक्रा भैसके छन् । सदरखोरबाट निस्किएर सीधै गाउँ जाने योजना बनाएकी रोजीको इच्छा पनि पूरा भएन । उनले सम्झना भएसम्मका आफन्तको पत्ता लगाउन नखोजेकी होइन् कोही मुगलान पसेका कोहीले चिन्नसमेत अस्वीकार गरेका खबर उनले पाइन् ।
अब केही समयमात्र बाँकी छ उनको सदर खोरभित्र बस्न पाउने अधिकार । कहाँ जाने कसरी बाँच्ने त्यही कुरा मात्र आइराखेको छ रोजीको मनमा । खोरबाट निस्कने दिन नजििकंदै गर्दा खुशी हुनेहरुलाई देखेर आफूले आफैंलाई टोक्दछिन् रोजी थुक्क जिन्दगी । उनलाई थाहा छ न कोही लिन आउँछन् सदर खोरको ढोकामा न त कोही खुशी हुन्छन् उनको रिहाइमा ।
त्यही चिसो कुना त्यही सुरक्षा गार्डको खरो आवाज प्यारो भैसकेको छ उनलाई । त्यहाँ कोही छैन तैपनि त्यै ठाउँमा जीवन विसर्जन गर्न पाए आनन्द मान्ने मानसिकतामा पुगेकी छन् रोजी । त्यस्तै सोच्दासोच्दै आँखाबाट तुरुक्क आँशु झर्यो । उनलाई पुछ्न पनि मन लागेको छैन । बगोस् सबै बगोस् फेरि फेरि रुनु त पर्नेछैन । रोए पनि कसैले बुझ्ने छैन आँशु विनाको रुवाइ………॥ यस्तो उनको दैनिकी नै हो । एकान्त कोठामा एउटै साथी आँशु मात्रै त छ । अशक्त शरीर विरक्तिएको मनले चाहोस् पनि के गम्छाले ओठको कलेटी मेट्न खोज्दछिन् त्यहाँ त धेरै छिद्रहरु बनिसकेका छन्……।खटखट……।िटङिटङ……ढोका खुल्दछ ………सदरखोरको सिपाहीले पोको-पन्तरो बोकर घर जान निस्क भन्ने आदेश दिन्छ । रोजी आदेश सुनेको नसुन्यै गरी घोप्टो परेर धेरै बेर रोइ रहन्छिन् । सिपाहीले तानेर उनलाई ढोकाबाहिर पुर्याउँछ ।< भोलिपल्ट सबै समाचारपत्रमा फोटो छापिन्छ रोजीको । लाशको फोटो । शीर्षक प्रायः एकै खालको हुन्छ बेवारिसे लास पशुपति जङ्घल छेउमा ।
