दुई आँखिभौँ त तयार छन् तरबार पो किन चाहियो
तिमी आफू मालिक भैगयौ सरकार पो किन चाहियो ॥१॥
पहरा कडा छ कटाक्षको हरदम तयार मुहारमा
घर भन्नु भारि महल न हो दरबार पो किन चाहियो ॥२॥
कति चम्किलो छ हँसाइको हिसिमा किरन पनि दाँतको
मणि मोती नीर जुहार न हो अरु हार पो किन चाहियो ॥३॥

कुमार भाईलाई हार्दिक बधाई छ र
कुमार भाईलाई हार्दिक बधाई छ र धन्यवाद पनि।
कुमार भाईलाई हार्दिक बधाई छ र धन्यवाद पनि १५४ औँ मोती जयन्तिको पावन अवसरमा मोतराम भट्टको गजलहरु मझेरीको होम पेजमा शिर्षकमा नै मोतराम भट्टको गजलहरु भन्ने उल्लेखित महल राखेर उहाँकै केही गजलहरु समावेश गरिदिनु भएको मा सार्है नै खुसीले गदगद भएको छु ।
मझेरीको नियमित पाठक
– गार्खेसाइँलो
gorkhesailo@yahoo.com
Sundar rachanako lagi thanks
Sundar rachanako lagi thanks