आफूभित्रै पीडा बोकी बाचेको छ मान्छे
भित्रभित्रै रोए पनि हासेको छ मान्छे
जिन्दगी अनेक हण्डर खपेरै बााच्न
दुःखजेलो गर्नै पट्ट िलागेको छ मान्छे
दौडधुप हो जिन्दगी भीरपाखा पनि
जिउन नजानेर नै हारेको छ मान्छे
कैले वसन्त छ कैले साउने भेल नै
दैवको रङ्गमञ्चमा नाचेको छ मान्छे
सङ्कटको घडीमा नि ! बचाउन देश
बलि आफैलाई दिन आटेको छ मान्छे
