Skip to content

साहित्यमय बन्यो वाराणसीको यात्रा

  • by


एउटा सुन्दर, निष्कलङ्क वा वेदाग नाबालकको अनुहारमा अनुवाद भएर वाराणसीको बिहानी थपक्कै टासियो मेरा अबोध आखामा । मैले सुखद अनुभूतिका मुस्कान वरिपरि छरे वाराणसीको आगनभरि । डिसेम्बर २८, २००६ को बिहान साच्चै अलौकिक बिहानीजस्तै लाग्यो मलाई । रिमोट कन्ट्रोलबाट सञ्चालित हुने खेलौनाजस्तै अटोहरू -तीन पाङ्गे्र टेम्पो) सलल बगिरहेका छन् वाराणसीका रेलवे स्टेसन अगाडि । रिक्साहरू लहरै उभिएका छन् बिरालोले मुसा ढुकेजस्तै । स्टेसनमा हल्लाखल्ला छ बास बस्न लागेका चराहरूको आवाजजस्तै तर सबै कुराहरूलाई बेवास्ता गर्दै म भने नियालिरहेको छु वाराणसीलाई आखाको ज्योतिमा एक्सरे मेसिन जडान गरेर ।

मनभरि हास्यो वाराणसी । तनभरि खिल्यो वाराणसी । आखाभरि टासियो वाराणसी । आङभरि मगमगायो वाराणसी । आहा !! वाराणसी अमूक प्रेमीजस्तै भए म तिम्रो । तिम्रो मोहनी रूपले लठ्यायो मलाई । अ, साच्चि भन न कता पर्छन् हा ? बरुना र आसी नदीहरू ? जुन नदीहरूको नामलाई समास गरेर तिम्रो नाम प्रचलित भयो । भैगो अहिलेलाई थाकेको छु होटल जानु छ बिसाउन । अनि थकाई मेट्न र भोक हटाउन ।

रेलवे स्टेसनबाट बाहिरिएपछि लहुरावीरस्थित होटल अजय जान रिक्सा लिने काम गरे । हिजो उदय साहित्यिक पत्रिकाका सम्पादक दुर्गाप्रसाद श्रेष्ठसाग फोनमा कुरा हुादा मेरो निम्ति होटल अजयमा बुक गरिएको कुरा बताउनुभएको थियो ।

रेलवे स्टेशनबाट होटल अजयसम्म जानलाई भारु. बाह्र रूपियाामा रिक्सा लिएा । रिक्सामा चढेपछि इङ्गलिसिया लाइन, सरदार बल्लभ भाइ पटेलको स्मारक, मल दहिया, जनपद हुादै लहुरावीरस्थित होटल अजयमा पुर्‍याउने काम गर्‍यो । कवोल गरेअनुसारको रिक्साको भाडा भुक्तानी गरी होटल काउन्टरमा गए ।

मेरो निम्ति रुम नं. १४३ बुक गरिएको रहेछ । होटलमा सामान राख्नसाथ दुर्गा दाइलाई फोनद्वारा आफू वाराणसी आइपुगेको जानकारी दिएा । उहााले भन्नुभयो- “जय, नुहाइधुवाइ खानपिन गरेर तयार हुनुहोला । एघार बजे आइपुग्छु होटलमा । त्यसपछि वनारस हिन्दू विश्वविद्यालयतर्फ जाऔाला ।” दुर्गा दाइसाग फोन वार्ता सकिएपछि सुटकेसबाट लुगा कपडाहरू झिकी हेङ्गरमा झुण्डाउने काममा जुटेा म । लुगाहरूको हालत एकदमै नाजुक रहेको पाएा मैले । सरसर्ती हेरेाे लुगालाई । मेरी वाफरे Û लुगाहरूको हालत त एकदमै खत्तम रहेछ- मानौ कुनै निस्सासिएको मान्छेको जस्तो अवस्था । कुनै बिपत्तिमा परेको मान्छेको जस्तै हविगत Û मन नपरेको चीज जबर्जस्ती खानुपर्दा बन्ने मान्छेको अनुहारजस्तै । हिजो हतारमा लगेज तयार पार्ने काम भएकोले पनि यस्तो स्थितिको सामना गर्नुपरेको हो । नत्र यात्राका सबै सामान मिलाइदिने काम रत्नको हुने गथ्र्यो तर तिनी अहिले छोरा दिपेशसाग अमेरिकाको मेरील्यान्ड राज्यमा रहेकीले त्यो सम्भव भएन । त्यसैले जसोतसो सामान मिलाएर पोक्याएको थिएा आफैाले । मान्छे त्यत्तिकै परजीबी भइने रहेछ भन्ने कुराको ख्याल भयो अहिले मलाई । हिजो समय अभावको कारणले चाहिने सामान पनि छुट्याएर ल्याउन सकिना । त्यसैले कतिपय नचाहिने सामानहरू पनि ल्याएको रहेछु मैले । वास्तवमा यात्रामा निस्कादा फुर्सदले चाहिने सामानहरूको फेहरिस्त तयार पारेर योजनाबद्धरूपमा लगेज तयार पार्न सकेमा धेरै राम्रो हुन्छ तर यसपालिको यात्रा नै अकस्मात्मा जुरेकोले हतपतमा निस्कनु पर्‍यो । झटपटमा लगेज मिलाउने काम भयो । झागलझुगली पारेर बोक्ने काम भयो । त्यसैले पनि लुगा कपडाको हालत नाजुक हुन गएको कुरा स्वीकाराे मैले । लुगा कपडा मिलाएर राखेपछि नुहाएर ब्रेकफास्टका रूपमा पुरी, तरकारी, दही अर्डर गरे । साथै खाना खाने क्रममा वाराणसीमा मैले गर्नुपर्ने कामहरू समेत सरसर्ती सम्भिmने काम पनि गरे ।

होटल अजयको रिसेप्सनमा ठीक एघार बजे आइपुगी फोन गर्नुभयो दुर्गा दाइले । उहाले फोन गर्ना साथ रिसेप्सनमा आए म । अठ्सठ्ठी हिउद भोगिसकेका दुर्गा दाइलाई झट्ट हेर्दा त्यस्तो लागेन पटक्कै । युवावस्थाकै जस्तो जोश, जाागर र साहसले भरिपूर्ण भएका कर्मठ योद्धाजस्तै लाग्यो झलक्क उहाालाई हेर्दा । लाम्चो चेहरामा पावरवाला चस्मा पहिरनुभएका दुर्गा दाइलाई देख्दा नै अत्यन्त मिलनसार, परिपक्व एवं अनुभवले खारिएको विनम्र व्यक्तित्वका धनीजस्तै लाग्यो मलाई । भेट भएपछि नमस्कारको आदान प्रदान भयो हाम्रो बीचमा । हाम्रो चिनजान भनेकै साहित्यिक रचनाको आधारमा भएको थियो । न त उहाले देख्नुभएको थियो मलाई । न त मैले नै भेट्ने अवसर पाएको थिए उहालाई । तैपनि भेट्ने बित्तिक्कै आत्मीय र धेरै पुरानो समयदेखिको चिनजान भएकोजस्तै अनुभूति भयो मलाई । लेखनले सबैतिर पुल निर्माण गर्दो रहेछ । लेखनले परिचय गराउने रहेछ । लेखनले विश्वासको सिर्जना गर्ने रहेछ । त्यही लेखनको प्रभावले नै भोजपुरको बिकट गाउ वास्तिम र वाराणसीको चौखम्बा बीचमा हार्दिकता र मैत्रीभाव कहिले कहिले भइसकेको रहेछ । यसबेला मलाई लेखन शक्तिको सुन्दर रूपबारे ज्ञात भयो । सार्थक लेखनको गुण रहस्य थाहा पाएर द्रवीभूत भए म ।

यस्तैमा औपचारिक भेटघाटको क्रम सकिएपछि दुर्गा दाइले भन्नुभयो- ‘अव बी.एच.यु. -वनारस हिन्दू विश्वविद्यालय)तर्फ जाने होइन त ? त्यसको लागि एउटा अटो रिजर्भ गरेको छु दिनभरिका लागि । तयार हुनुभएको भए निस्कदा कसो होला ?’

‘म त दिल्लीबाट नै पूर्ण तयारी भएर आएको छु नि दाइ !’ एकै छिन हास्यौ दुवै जना ।

त्यसपछि बी.एच.यु. का लागि प्रस्थान गर्‍यौ लाहुरावीरबाट । बी.एच.यु.को लङ्का गेट पुग्न होटल अजयबाट ठ्याक्कै चालीस मिनेट लाग्ने रहेछ । अहिले १२ बजेर दस मिनेट गएको छ समय । लङ्कागेटबाट भित्रिएपछि बी.एच.यु.को विशाल परिसरमा भित्रियो हामी चढेको अटो । दुर्गा दाइको निर्देशन अनुसार अन्तर्राष्ट्रिय छात्रावासमा पुगेर रोकियो हामी चढेको अटो । बी.एच.यु.मा दर्शनशास्त्रमा पी.एच.डी. गर्दै रहनुभएका झापा निवासी यदुनन्दन निरौलासाग भेट गर्‍यौा । उनी छात्रावासको ५८ नं. को कोठामा बस्दारहेछन् । आगामी जनवरी १०-१४,२००७ अर्थात् २०६३ सालको पुस २६-३० गतेसम्म ‘रिमेम्बरिङ वी.पी.इन बनारस’ कार्यक्रममा स्वयंसेवकका रूपमा सघाउन भन्नुभएको रहेछ दुर्गा दाइले यदुनन्दनजीलाई । जुन कामको लागि भनेर आफू आएको छु वाराणसीमा । त्यसैले यदुनन्दनजीलाई पनि साथै लिएर अन्तर्राष्ट्रिय विद्यार्थी परामर्शदाताको प्रोफेसर टी. आर. रावको कार्यालयमा गई उहााको पि.ए. पटेलसाग भेट गरी कुराकानी गर्‍यौा । त्यसपछि प्रो.रावसाग भेट गरी कलाकारहरू -पेण्टिङ बनाउन आउने अगैश्री रागिनीको दल) लाई बस्न युनिभर्सिटीकै आतिथ्य गृह पाउन, नाटकमञ्चन -सडक नाटक मन्चन गर्ने अशेष मल्लको समूह) का लागि हल उपलब्ध गराई दिन, नाटकको पूर्वाभ्यास गर्न चाहिने हल तथा पेण्टिङ प्रर्दशनीका लागि उपयुक्त हलको व्यवस्था हुनसमेत अनुरोध गर्‍यौ हामीले ।

प्रो.राव अत्यन्त सहयोगी एवं सद्भावनाको भावले परिपूर्ण भएको व्यक्तित्व हुनुभएको स्पस्टै झल्कन्थ्यो उहाको सौहार्दपूर्ण कुरा गराइले । आतिथ्य गृहको सम्बन्धमा नेपाली राजदूतावास, नया दिल्लीबाट औपचारिक पत्र आउनासाथ बुक गरिदिने र नाटक मञ्चनको लागि बी.एच.यु.का दुईवटा हलहरू ‘उडुपा’ र ‘स्वतन्त्र भवन’ मध्ये एउटा मिलाइने कुरा पनि बताउन पछि पर्नुभएन उहा । ‘उडुपा’ हलको क्षमता तीन सय पचास रहेको छ भने स्वतन्त्र भवनको क्षमता दुई हजार रहेको कुरा पनि स्पष्ट पार्नुभयो प्रो.रावले र ‘उडुपा’ तथा ‘स्वतन्त्र भवन’ जुन लिए पनि एक दिनको भाडा भने सात हजार पाच सय रुपिया रहेको बताउनुभयो । हलहरू हेर्नुहोस् र जुन अनुकूल हुन्छ त्यसलाई नै बुक गरौला भनी सल्लाह दिनुभयो हामीलाई । प्रोफेसर रावसाग कार्यक्रम वारे छलफल गर्दै मीठो चियासमेत पिउने काम भयो । एक किसिमले आगामी कार्यक्रमको पैसठ्ठी प्रतिशत कामको टुङ्गो लाग्यो । डा. रावसाग कुराकानी सकिएपछि फेरि भेट्ने गरी निस्कियौ हामी ।

बी.एच.यु. को परिसर एकदम बिशाल रहेछ । भवनहरूको बनावटको शैली, ढााचा वा बान्की एकै प्रकारको देखे मैले । एक प्रकारले कुनै कारखानाबाट उत्पादन भएको मालमत्ताजस्तै लाग्यो बनारस हिन्दू युनिभर्सिटीका भवनहरू । युरोप तथा अमेरिकातिरका भवन एवं घरहरू जस्तै । सबै भवनहरूमा अगाडि मोटर पुग्ने सुविधा रहेको छ भने प्रत्येक भवनहरूमा अगाडि मनग्यै बगैाचा लगाउन हुने गरी जमिन छोडिएका छन् । पहेालो र कलेजी रङ प्रयोग गरिएका छन् सबै भवनका बाहिरी भागमा । बाटोको दुवैतिर रूखहरू रोपिएका छन् रहरलाग्दो गरी । यसरी सरसर्ती बी.एच.यु.मा परिक्रमा लगाउादा यो कुनै विश्वविद्यालय नभएर व्यवस्थित गाउाजस्तै आभास मिलिरहेछ मलाई ।

यस्तैमा डिपार्टमेन्ट अफ पेन्टिङ, ˆयाकल्टी अफ भिजुअल आर्टस्का प्रमुख डा. आर. एन. मिश्रको कार्यालयमा पुग्यौा दुर्गा दाइ, यदुनन्दनजी र म । उहाासाग सामान्य चिनजान गरी प्रो. रावसाग भएको कुरा सुनाई पेन्टिङ वर्कशप र प्रदर्शनीका लागि हलको व्यवस्था मिलाई दिन अनुरोध गर्‍यौा । उहााले ˆयाकल्टी अफ भिजुुअल आर्टस्को हल नै उपयुक्त हुने कुरा सुनाउनुभयो हामीलाई । त्यसपछि सो हल निरीक्षण गर्न लैजानुभयो डा. आर. एन. मिश्रले । वर्कशप र प्रदर्शनीका लागि उपयुक्त हुने जचिएकोले फटाफट स्वीकृति जनायौा हामीले ।

अझै व्यवस्थापन गर्न बााकी नै छ नाटक पूर्वाभ्यासको लागि हल र नाटक मञ्चन गर्ने हलको निर्णय गर्न । त्यही सिलसिलामा नाटक पूर्वाभ्यासका लागि फ्याकल्टी अफ परफरमिङ आर्टस्का डीन प्रो. रञ्जना श्रीवास्तवको कार्यालयमा लैजानुभयो डा. मिश्रले ।

प्रो. रञ्जना अत्यन्त मृदुभाषी रहिछिन् । नवागुन्तकलाई पनि तुरुन्तै प्रभाव पार्ने क्षमताकी धनी रहिछिन्् तिनी । नाटकको पूर्वभ्यास गर्ने हलको खोजीमा आएका हौा हामी भनी डा. मिश्रले भन्नासाथ जुरुक्कै उठिन् प्रो. श्रीवास्तव । अनि आफ्नो अन्तर्गतको हल निरीक्षण गराउन लैजानुभयो हामीलाई । सानोतिनो नाटक मञ्चन गर्नकै लागि बनेको रहेको छ एउटा हल । त्यसैले नाटक पूर्वाभ्यास गर्नका लागि अनुपयुक्त हुन्छ भन्ने त कुरै आएन । यसरी मैले गर्नुपर्ने कामहरू बिघ्न बाधाबिहीन सम्पन्न हुन सक्यो वाराणसीमा एकाएक र खुसीका लहरहरूले निथु्रक्कै भिजेको अनुभूति भित्र हराएाझैा लाग्यो मलाई बिरानो वाराणसीमा ।

नाटक मञ्चन गर्ने हल तथा आतिथ्य गृहको निरीक्षण गर्ने कामबाहेक एक प्रकारको अन्य कामहरूको टुङ्गो लागिसकेको छ । यस्तैमा दुर्गा दाइले साहित्यकार सञ्जय वान्तवा पनि बी.एच.यु.मै कार्यरत रहनुभएको कुरा सुनाउनुभयो खुसुक्क कानमा । अझै थप्दै भन्नुभयो- बुभ\mयौ जय, सञ्जयजी बी.एच.यु.को नेपाली विभागको प्रमुख हुनुहुन्छ । भेट गर्ने कि ?’ आश्चर्य मान्दै मैले भने- ‘ओ हो दाइ, त्यसै त साहित्यकार, नभेटी कहाा हुन्छ र ? म उहााको कथाको राम्रो पाठक पनि हुा । धेरै पहिले पश्चिम सिक्किमबाट प्रकाशित हुने द्वैमासिक साहित्यिक पत्रिका स्रष्टाका सम्पादक केदार गुरुङजीले उहााको एउटा पुस्तक दिनुभएको थियो । त्यसैले यहाा आएर पनि नभेटी गएमा चित्त दुःखाई हाल्नुहुन्छ नि Û अनि नभेट्ने भन्ने त सवालै उठ्दैन दाइ ।’ हुन पनि उहााको रचना पढेको छु तर भेट गर्ने साइत भने जुरेको थिएन मेरो । त्यसैले पनि आज खुबै आनन्द लागिरहेको छ मलाई । दार्जीलिङका कथाकार बी.एच.यु. मा भेट्न पाउनु भनेको मेरो निम्ति अपूर्वको अवसर हो ।

एकै छिन पछि डिपार्टमेन्ट अफ इण्डियन ल्याङ्गवेज रहेको भवन अगाडि पुगेर रोकियो हामी चढेको अटो । अटोबाट ओर्लिएर वान्तवाजीको कार्यकक्षतर्फ लाग्यौा । आप\mनो काममा व्यस्त हुनुहंादो रहेछ कथाकार वान्तवाजी । भेट भएपछि अभिवादन साटासाट गर्‍यौा । वान्तवाजी लाई भेट्दा अत्यन्त खुसी भएं म । सञ्जयजी पनि बहुतै खुसी हुनुभयो मलाई भेटेर । चिया पिउादै आपसी कुरा कानी गर्‍यौा हामीले । निकट भविष्यमा बी.एच.यु. मा हुन गइरहेको कार्यक्रम र साहित्यको सम्बन्धमा चर्चा परिचर्चा गर्‍यौा । हामी कुराकानी गरिरहेकै समयमा दुर्गाप्रसाद अर्यालजी पनि अइपुग्नु भयो । हाल उहाा बी.एच.यु.मा आगन्तुक प्रोफेसरको रूपमा अध्यापन गराउने कार्यमा संलग्न हुनुहुादो रहेछ । उहाासाग पनि चिनजान र कुराकानी गर्ने काम भयो । कार्यक्रमको लागि केही सहयोग गर्नुपर्ने भए भन्नुहोला भनी सौहार्द जनाउनुभयो अर्यालजीले । यसरी जति मान्छेहरूसाग परिचय भयो त्यति नै मान्छेहरूको सहयोगी भावना पाएर वाराणसीमा आफू नौलो र पराइ भएको अनुभूति गर्नसमेत पाइना मैले । तर वाराणसी मेरो लागि नौलो गन्तव्य थियो । अपरिचित अनुहारको भेल थियो । बिरानो भूमिको कल्पना थियो नयाादिल्लीबाट प्रस्थान गर्दासम्म तर जब वाराणसी आइपुगेा पटक्कै नौलो र विरानो भूमिजस्तो पटक्कै लाग्दै लागेन मलाई ।

वाराणसी बसाइको बेला कहिले चौखम्बास्थित सम्पादक दुर्गा दाइको घरमा डिनर त कहिले कथाकार सञ्जय वान्तवाको निवासमा लञ्च । साहित्यकार वी.पी.कोइरालालाई सम्झना गर्ने कार्यक्रमको यात्रा नै भयोे मेरो लागि बिशुद्ध साहित्यिक यात्रा । जताजता घुमियो वाराणसीमा र जतिसाग चिनजान हुन गयो वाराणसीमा प्रायः उहााहरू साहित्यकार भएको पाउादा अति नै खुसी लाग्यो मलाई । वाराणसीमा पुगेर परिचित हुनुभएका दुर्गाप्रसाद श्रेष्ठ, प्रतिष्ठित उदय साहित्यिक पत्रिकाका सम्पादक, सञ्जय वान्तवा, वाराणसी हिन्दू विश्वविद्यालयको नेपाली विभागका प्रमुख तथा सुपरिचित कथाकार, दुर्गाप्रसाद अर्याल, बी.एच.यु.को नेपाली विभागमा अतिथि प्राध्यापक तथा कवि एवं प्रो. रन्जना श्रीवास्तव, बी.एच.यु. कै फ्याकल्टी अफ परफरमिङ आर्टस्का डीन तथा परफरमिङ आर्टस्सम्बन्धी पुस्तककी लेखिका । यसरी वाराणसीको छोटो समयको यात्रामा कार्यालयले सुम्पेको कार्य सम्पन्न गर्नका साथसाथै विद्वान् तथा बिदुषीहरूसाग अन्तक्रिर्या गर्ने सौभाग्य मिल्यो मलाई । यसरी छोटो समयमा पनि धेरैभन्दा धेरै स्रष्टाहरूसाग भेटघाट र चिनजान हुन सकेकोमा अत्यन्त खुसी भएा म वाराणसीमा ।

हुन त यसभन्दा अगाडि कैयौा स्थानहरूमा यात्रा गरेा मैले तर यस प्रकारको यात्रा भने पहिलोपटक हुन गयो मेरो जीबनमा । त्यसैले पनि मैले यस पटकको वाराणसीको यात्रामा पशुपतिको दर्शन र सिद्राको व्यापार भन्ने आहानजस्तै चरितार्थ भयो भन्दा अतिशयोक्ति नहोला । किनकि कार्यालयको काम विशेषले वाराणसी आइपुगेको भए पनि धेरै साहित्यिक व्यक्तित्वसाग भेट हुदा कार्यालयको काममा नभई साहित्यिक कार्यक्रममा भाग लिन आएजस्तै भयो ।

छाङ्छा खिम

मितेरी मार्ग, बानेश्वर ।

हालः नयादिल्ली

Leave a Reply

Your email address will not be published. Required fields are marked *